१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाली वाइन मुन स्वीट र डिलाइट बजारमा

काठमाडौँ– काभ्रेपलाञ्चोकमा स्थापना भएको यूनिभर्सल वाइन इन्डष्ट्रिज प्रा.लि. को उत्पादनमा आफ्नो नयाँ वाइन बजारमा आएको छ। पाँच महिना अघि २ करोड लगानीमा स्थापना भएको वाइन कम्पनीको पहिलो उत्पादन हार्भेष्ट मुन स्वीट रेड/व्हाइट ४ लिटर र डिलाइट स्वीट रेड/व्हाइट ७५० मि.लि. वाइन बजारमा ल्याएको छ।  

हार्भेष्ट मुन र डिलाइट वाइन सतप्रतिशत अंगुरको जुसबाट बनेको यूनिभर्सलका संचालक रविन जोशीले जानकारी दिए। वाइनमा अल्कोहलको मात्रा ११.५ प्रतिशत रहेको कम्पनीले जनाएको छ।

अत्याधुनिक तथा पूर्णतया स्वचालीत मेसिनबाट वाइन उत्पादन हुन्छ,’ जोशीले भने, ‘नेपाली उत्पादनलाई गुणस्तरीय र सर्भशुलभ बनाउनका लागि वाइनलाई थप अपग्रेट गर्दै जान्छौ।’

प्रकाशित: २६ भाद्र २०७३ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App