१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चिकित्सा शिक्षा विधेयकमा ढिलै भए पनि ठिक ठाउँमा आएका छौं : वडू

काठमाडौं- नेपाली कांग्रेसका नेता दिलेन्द्र वडूले चिकित्सा शिक्षा विधेयकमा ढिलै भए पनि ठिक ठाउँमा आएको बताएका छन्।

संसदमा विधेयकमाथीको छलफलमा बोल्दै कांग्रेसले यही कुरा उठाउँदा लाश माथी राजनीति गर्न खोजेको भनिए पनि अन्तत: सबै सहि ठाउँमा आएको उनको भनाई थियो।  

धेरै वहस छलफल पछि अध्यादेश ल्याइएको बनाउँदै उनले ढिलो गरेर भए पनि हामी सहित निचोडमा पुगेको उनले बताए।

‘आज निर्मला पन्तको कुरा गर्दा पनि राजनीति भनिदै छ’, उनले भने,  ‘यसमा पनि हामी ढिलो नगरी ठिक ठाउँमा उभिनु पर्छ।‘

सहमति अनुसार कानुनको निर्माण गर्न सत्ता  पक्षलाई उनले आग्रह गरे। कानुन निर्माणमा सहयोग गर्न कांग्रेसले तयार रहेको उनले बताए। विधेयकको परिभाषा परिमार्जन गरेर ल्याउन खोजिएको बताउँदै उनले  नर्सिङ फार्मेसरीका विषयबारे विरोधाभास देखिएको उनले बताए। अहिले चलिरहेका नर्सिङ, फार्मेसी पाँच वर्षमा फेज आउट गर्ने कुरामा विरोधाभाष रहेको उनको भनाई थियो।

प्रकाशित: १३ श्रावण २०७५ ०७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App