मनुलाई पहलमान साहित्य पुरस्कार

आइतबार, १३ साउन २०७५, १३ : ०९ नागरिक

काठमाडौं – पहलमान सिंह स्वाँरको १३८ औँ जन्मजयन्तीका सन्दर्भमा ‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य प्रतिभा पुरस्कार’ मनु ब्राजाकीलाई मरणोप्रान्त प्रदान गरिएको छ।

पहलमान सिंह स्वाँर प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा  २५ हजार रुपैंयाँसहितको पहलमान सिंह स्वाँर दीर्घ साहित्य प्रतिभा पुरस्कारबाट ब्राजाकीकी पत्नी ज्ञानुदेवी सिंह भण्डारीलाई सम्मान गरिएको छ।

त्यस्तै ‘पहलमान सिंह स्वाँर साहित्य प्रतिभा पुरस्कार’ बाट साहित्यकार तीर्थ श्रेष्ठ, ‘तारामान सिंह–अम्बिकादेवी स्वाँर शिक्षा पुरस्कार’ बाट शिक्षाविद् प्राडा प्रेमकुमार खत्री, ‘बलमान सिंह स्वाँर चलचित्र पुरस्कार’ बाट चलचित्रकर्मी चेतन कार्की र ‘पहलमान सिंह स्वाँर विशेष सम्मान’ बाट गजलकार ज्ञानुवाकर पौडेललाई प्रदान गरिएको छ । ती सम्मानको राशि नगद रु १० हजार छ।

नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले उनीहरूलाई सम्मान गर्दै साहित्य, चलचित्र र संगीत क्षेत्रले मुलुकमा सामाजिक रुपान्तरणका लागि सशक्त भूमिका निर्वाह गर्नसक्ने विश्वास व्यक्त गरे।

चलचित्र विश्लेषक एवं साहित्यकार प्रकाश सायमीले पुरस्कृत व्यक्तित्वबारे जानकारी गराउँदै स्वाँरले भारतको पुनाबाट चलचित्रमा स्नातक पूरा गरी नेपाली चलचित्र निर्माणको सुरुवातका क्रममा नयाँ ज्ञान, सीपको प्रयोग गरेर यस क्षेत्रको विकासमा ठूलो योगदान पुर्याएको बताए।

प्रतिष्ठानका अध्यक्ष मोहनहिमांशु थापाले शिक्षा, साहित्य तथा चलचित्रजस्ता क्षेत्रबाट मुलुकको सामाजिक तथा आर्थिक सशक्तीकरणको विकासमा क्रियाशील रहने स्रष्टालाई पुरस्कृत गर्ने नीति रहेको जनाए।   (रासस)

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad