१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

युरोपमा नेपालको हित प्रवर्द्धनका अवसर खोज्न राजदूतहरुलाई आग्रह

काठमाडौं–परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले युरोपमा नेपालको राष्ट्रिय हित प्रवर्धन गर्ने अवसरहरुको खोजी गर्न त्यसक्षेत्रका नेपाली राजदूतहरुलाई आग्रह गरेका छन् । युरोपेली मुलुकहरुमा कार्यरत नेपाली राजदूतहरुको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै ज्ञवालीले नेपालको आर्थिक हिततर्फ आफ्ना गतिविधि केन्द्रित गर्न सुझाव दिएका हुन्।

बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित सो सम्मेलनमा ९ देशमा कार्यरत नेपाली राजदूतहरूले नेपालको सम्बन्ध विस्तारका लागि सञ्चालित आ–आफ्ना गतिविधि, लक्ष्य संभावनाबारे मन्त्री ज्ञवालीलाई जानकारी गराएका थिए।

कार्यक्रममा मन्त्री ज्ञवालीले नेपालको कूटनीतिको मूल उद्देश्य विश्वमा नेपालको परिचयलाई विस्तार गर्दै लानु रहेको बताए। ‘नेपालले शान्ति स्थापनामा अवलम्बन गरेको आफ्नै मौलिक प्रक्रियाको माध्यमबाट पनि प्रवर्धन गर्न सकिन्छ, उनले भने, ‘हाम्रो हरेक कूटनीतिक संरचनाले नेपालको विकासमा योगदान गर्न सक्नुपर्छ।’ सम्मेलनमा ज्ञवालीले युरोपेली संघ र त्यस्का निकायहरु, संयुक्त राष्ट्रसंघजस्ता अन्तर्राष्ट्रिय संघ सस्थासँग नेपालको सम्बन्धबारे चर्चा गर्दै त्यस्ता संस्थासँगको सम्बन्ध थप बलियो बनाउँदै जानुपर्नेमा जोड दिएको ब्रसेल्सस्थित नेपाली दूतावासले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: १३ श्रावण २०७५ ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App