१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने

चितवन – नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको कम्युनिस्ट सरकारविरुद्ध पार्टीले आन्दोलन गर्ने बताएका छन्। सरकार अधिनायकवाद ल्याउन थालेकाले आन्दोलन अहिलेको आवश्यकता भएको उनले बताए।

नेपाली कांग्रेस निकटका कानुन व्यवसायीको संस्था नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनको १० औं राष्ट्रिय महाधिवेशनको नवलपुरको गैंडाकोटमा उद्घाटन गर्दै सभापति देउवाले अहिलेको सरकारले कम्युनिस्ट शासन ल्याउन खोजेको बताए। ‘कम्युनिष्ट सरकारले आन्दोलन गर्न निम्ता दिएको छ,’ उनले भने, ‘पार्टी आन्दोलन गर्न तयार छ।’ आन्दोलन गर्नु काग्रेको चाहना नभएर वाध्यता भएको उनले दाबी गरे। उनले सरकारले डा. गोविन्द केसीसँग गरेको सम्झौता भने उपयुक्त रहेको बताए।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललेसभामुख र उपसभामुख दुईवटा पार्टीको हुने व्यवस्था संविधानमा नै भएकाले नेकपाले एउटा पद छोड्नुपर्ने बताए। सत्तारुढ दलले संविधानमा नै भएको व्यवस्थालाई पालना नगरेको उनले बताए । सरकारसँग बहुमत हुँदैमा त्यसको जथाभावी प्रयोग गर्न नहुने उनको भनाइ थियाे। कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले कांग्रेसको नेतृत्वमा बनेको संविधानसमेत च्यातेर फाल्ने खतरा आएको बताए। संविधानविपरीत काम गरिरहेको सरकारले चाल्ने गलत कदमविरुद्धमा पार्टीले आन्दोलनको तयारी थाल्नुपर्ने उनले बताए। उनले पार्टीभित्र आन्तरिक तयारी गरेर आउने चार वर्षमा कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने भनाइ राखे।

पार्टी सुदृढीकरणसँगै सामाजिक सञ्जालको प्रयोगमा पनि जोड दिनुपर्ने उनले बताए। कार्यक्रममा सहभागी नेपाली कांग्रेसका केन्द्रीय नेताले वर्तमान सरकार संविधानको भावनाविपरीत चल्न थालेका कारण ठूलै आन्दोलनको तयारीमा लाग्नुपर्ने बताए। पार्टीभित्रको अन्तर्घातले नै पार्टी पछाडि परेकोले त्यसलाई सच्याइनुपर्ने उनीहरूको भनाइ छ। पार्टी सुदृढीकरण गर्न भ्रातृसंगठन परिचालन गर्नुपर्ने बताएका थिए। कार्यक्रममा कांग्रेसका महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत, कृष्णप्रसाद सिटौलालगायत केन्द्रीय नेताहरू सहभागी भएका थिए।

प्रकाशित: १३ श्रावण २०७५ ०१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App