१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दुई पक्षीय सुरक्षा सहयोगमा नेपालको स्वतन्त्रता र हित कुण्ठित नहुने कुरा सुनिश्चित गरियोस्

काठमाडौं–भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमुख प्रतिपक्ष एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ।  प्रधानमन्त्रीको तर्फबाट हुने यस्ता भ्रमणका बारेमा देशका प्रमुख राजनीतिक दलबीच औपचारिक रुपमा विचार विमर्श हुने परम्पराको अुनशरण नगरेको भन्दै असन्तुष्टि जनाउको छ।

सन् १९५० को सन्धी र त्यससम्बन्धमा भएका पत्राचारहरुको पुनरावलोकन र अद्यावधिक गर्ने विषयमा स्पष्ट विचार राखियोस् ।

आइतबार विहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेत झलनाथ खनाल महासचिव इश्वर पोखरेल उपाध्यक्ष भीम रावलसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी ज्ञापन पत्र बुझाएको हो। एमाले   नेपालको वैदेशिक सम्बन्धका आधारहरु नेपालको संविधानमा नै स्पष्ट भएको उल्लेख गर्दै  मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्दै राष्ट्रिय हितलाई सर्वोपरी मानेर वैदेशिक सम्बन्ध संचालन हुनुपर्ने जनाएको छ।

‘यही मान्यता अनुरुप नेकपा एमाले दुबै छिमेकी देशहरु – भारत र चीनसँग संयुक्त राष्ट्र संघको बडापत्र तथा पञ्चशीलको सिद्धान्तका आधारमा सुमधुर सम्बन्ध कायम राख्न चाहन्छ,’ प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ। 

ध्यायाकर्षण पत्रकाेपूर्णपाठ



 

प्रकाशित: २६ भाद्र २०७३ ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App