१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

३६ लाख घुससहित इन्जिनियर ठाकुर दम्पत्ती पक्राउ

घुससहित पक्राउ परेका इन्जिनियर सुरेश ठाकुर । तस्बिर : फेसबुक

बुटवल– भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ। ठाकुरले सेवाग्राहीबाट ३६ लाख घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले शनिबार भैरहवास्थित सरकारी निवासबाट नियन्त्रणमा लिएको हो। अख्तियारले ठाकुरकी श्रीमतीलाई पनि नियन्त्रणमा लिएको छ। 

ठाकुरलाई भैरहवाबाट र उनकी श्रीमतीलाई हेटौडाको मनहरीबाट पक्राउ गरिएको हो।  घुस लिएको रकम वीरगञ्जस्थित घर लिएर जाँदै गरेको अवस्थामा यादवकी श्रीमतीलाई मनहरीबाट नियन्त्रणमा लिएको अख्तियार बुटवल कार्यालयका प्रमुख दिनेशकुमार आर्चायले बताए। ठाकुरकी श्रीमतीको साथबाट साढे १२ लाख रुपैँया नगद र बाँकी बैंकमा जम्मा गरेको भौचर बरामद भएको छ। विशेष सूचनाका आधारमा ठाकुरलाई नियन्त्रणमा लिइएको अतिख्यारले जनाएको छ। अख्तियारमा यसअघि जिल्लाका विभिन्न सरकारी भवन र अन्य संरचना निर्माण तथा तीनको अनुगमन निरीक्षणका नाममा मोटो रकम घुस लिएको, आर्थिक चलखेल गरी कमजोर संरचना निर्माण गरिएको जस्ता मौखिक र लिखित उजुरी परेका थिए।

अख्तियारको बुटवल कार्यालयले आजै गुल्मीबाट एक जना सब इन्जिनियरलाई पनि एक लाख रुपैँया घुससहित नियन्त्रणमा लिएको छ। गुल्मीको सिमलटारी– प्युठान सडक आयोजनाका सब इन्जिनीयर प्रकाश झालाई घुस लिँदै गर्दा अख्तियारको टोलीले उनकै कोठाबाट नियन्त्रणमा लिएको हो। 

प्रकाशित: १२ श्रावण २०७५ १२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App