१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सम्पादकको ऐक्यवद्धताप्रति संचारमन्त्री असन्तुष्ट

पोखरा- स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसेका डा. गोविन्द केसीलाई साथ दिएको भन्दै सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संचारमाध्यमका सम्पादकप्रति असन्तुष्टि जनाएका छन्। केसीको अनशनप्रति ऐक्यवद्धता जनाएका सम्पादकको भेटघाट विधिसम्मत नरहेको उनले टिप्पणी गरे।

‘यहाँ त कसैको अन्दोलनप्रति ‘स्वतन्त्र’का साथीहरु (सम्पादकहरु) गएर भेटघाट गरेका छन्,’ शनिबार पोखरामा सञ्चारकर्मीसँग बाँस्कोटाले भने, ‘स्वतन्त्र भन्ने सम्पादकहरु गएर भेटघाट होईन विज्ञप्ती नै जारी गरेका छन्। यो के स्वतन्त्रता भित्र पर्छ, मलाई नै सोधौ सोधौ लाग्छ।’

सम्पादकहरुले केसीलाई भेटघाट गर्नु कुन ‘इथिकल सम्पादकीय भ्यालु’ भित्र पर्छ सोधौ सोधौ लागेको उनले बताए । सम्पादकहरुले गरेको भेटघाटको जवाफ आफुसँग नरहेको उनले बताए। ‘स्वतन्त्रताको कुरा गर्दा मर्यादाको पक्षधारिताभित्र पत्रकारिता हुन्छ वा हुँदैन ?’ उनको प्रश्न थियो। मन्त्री बाँस्कोटाले भेटघाट नभई सम्पादकले विज्ञप्ती नै जारी गरेको बताए। स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसेका डा. केसीले २७ दिनपछि विहीबार राती मात्र अनशन तोडेका थिए।

मन्त्री बाँस्कोटाले अनलाईन संचारमाध्यमलाई पनि मूल पत्रकारिताको विषयभित्र ल्याउने गरि कानुनमा बन्दोबस्त गर्न थालेको जानकारी दिए। सामाजिक सञ्जाल र अनलाइन एउटै हो भन्ने सन्देश गएकोले पनि अनलाइनका लागि काुननी प्रावधान ल्याउन थालेको उनले बताए। ‘सामाजिक सञ्जाल र अनलाईन एउटै हो भन्ने सन्देश गएको छ,’ उनले भने, ‘तर, सामाजिक सञ्जाल र अनलाइन एउटै होइन।’ पत्रकारितामा पेशाधर्मीबाट र पेशागत लक्ष्मण रेखाको मर्यादा कायम हुने उनले बताए। अनलाईनलाई कानुनी बन्दोबस्त गर्न खोज्दा आलोचना हुनसक्ने पनि उनले बताए।

उनले समानुपातिक विज्ञापनसँग सम्बन्धित ऐन आउन थालेको पनि जानकारी दिए। बारम्बार पत्रकारिता क्षेत्रले उठाउँदै आएको समानुपातिक विज्ञापन नीति अन्तर्गतको विज्ञापन ऐन आउन थालेको बास्कोटाले बताए। ‘कुनै नचाहिएको काम मैले गरेको छैन,’ उनले भने, ‘विज्ञापन नीति आउँदा यो एकाधिकार हो, तानासाही, संरक्षणवादको निम्ति आयो भन्लान, तर, आउनेवाला छ।’

सबै सञ्चारमाध्यमले समानुपातिक रुपमा विज्ञापन पाउने भएकोले पनि सरकारले सोचेको उनले बताए। ‘संचारकर्मीलाई स्वरोजगार बनाउने र मिडिया संरक्षण गर्र्नकै लागि सरकारले यो कानुन ल्याउन थालेको हो,’ उनले भने।

वाम गठबन्धनको सरकार बनेपछि पत्रकारमाथि आक्रमण बढेको हो भनेर संचारकर्मीले सोधेको जिज्ञाशामा संचारमन्त्री बाँस्कोटाले त्यो आरोपलाई सिधै अस्वीकार गरे। ‘वाम सरकार आएपछि संचारकर्मीमाथि आक्रमण बढेको हो भन्ने प्रश्नमै गन्ध छ,’ उनले भने। बाँस्कोटाले पत्रकारमाथि आक्रमण गर्नेले कुन सरकार हो भनेर नहेर्ने बताए।

प्रकाशित: १२ श्रावण २०७५ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App