१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हाइड्रो पावरको नहरमा डुबेर मृत्यु

नुवाकोट- नुवाकोटमा सञ्चालित त्रिशुली हाइड्रो पावरको नहरमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ९ का इश्वरनारायण श्रेष्ठ रहेका छन्।

शनिवार विहान साढे १० बजेको समयमा श्रेष्ठ नहरमा डुबेको स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए। नेपाली सेना र प्रहरीको टोली उनलाई मृत्यु भइसकेको अवस्थामा नहरबाट निकालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। शवलाई मुचुल्का गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ श्रावण २०७५ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App