भारत र चीनबीचकाे सीमा क्षेत्रलाई शान्त बनाउने प्रतिवद्धता

शनिबार, १२ साउन २०७५, ११ : १४ एजेन्सी

 दक्षिण अफ्रिका - भारत र चीनले आफ्ना सीमा क्षेत्रलाई शान्त राख्ने बिषयमा पुनः प्रतिवद्धता जनाएका भारतीय विदेश सचिव विजय गोखालेले बताएका छन्।

विश्वका उदाउँदो अर्थतन्त्र भएका पाँच मुलकहरूको संगठन (ब्रिक्स) सम्मेलनको शिलशिलामा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपतिको भेटवार्ताबारे जानकारी गराउँदै भारतीय विदेश सचिवले भने,“ भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले सीमा क्षेत्रमा शान्ति र अमनचैन कायम राख्न आवश्यक पर्ने निर्देशन दिन दुवै देशका सैनिक नेतृत्वलाई निरन्तर सल्लाह दिने पुनः प्रतिवद्धता जनाए।”

यसबाहेक चिनियाँ प्रतिनिधिमण्डलले व्यापार र निर्यात प्रवर्द्धनका लागि यही अगष्ट १ र २ मा चीनको भ्रमण गर्ने पनि गोखालेले बताए।“भारतीय प्रधानमन्त्री मोदीले  पहिले चिनियाँ राष्ट्रपतिसँगको भेटमा खासगरी भारतीय कृषिजन्य उत्पादनको चीनमा निर्यात बढाउने सम्बन्धमा महत्वपूर्ण कुराकानी भएको र यसै सन्दर्भमा भारतीय प्रतिनिधिमण्डलले चीनको भ्रमण गर्न लागेको ,” विदेश सचिव गोखालेले बताए।

गत अप्रिलमा  चीनको उहानमा भएको सम्मेलनका क्रममा भएका सहमतिलाई कार्यान्वयनमा गराउन पनि दुई नेता आ–आफ्नो ठाउँबाट लागिपर्ने प्रतिवद्धता जनाए।

उनीहरूले जनता–जनताबीचको सम्वन्ध विस्तार गर्न विशेष संयन्त्रलाई विकास गरेर अघि बढ्ने पनि जनाएका थिए । दुई नेताबीच यही नोभेम्बरमा अर्जेन्टिनामा हुने जि–२० सम्मेलनमा पुनः भेट हुने र आपसी हितका सम्बन्धमा थप कुराकानी हुने पनि उनले बताए।रासस








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad