१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको सनाखत

चितवन – काठमाडौंबाट स्याङ्जाको वालिङ जाँदै गरेको बस त्रिशूलीमा खस्दा दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। मृतकको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनकारी दिएको छ। पाँच जनाको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। मृत्यु हुनेमा पाल्पा बेगनास कालिका गाउँपालिका ३२ वर्षिय अर्जुन न्यौपाने, तनहुँको भानु नगरपालिकाका २७ वर्षिय सुमित श्रेष्ठ, तनहुँ भन्सारकी २७ वर्षिय कमला श्रेष्ठ, काठमाडौं बस्ने ३० वर्षिय  रबिन गुरुङ, तनहुं केशवटारका ४० वर्षिय बाबुराम तिवारी, भारत विहारका फिरोज  मिया रहेका छन् ।  मृत्यु हुनेमा नाम थर वतन नखुलेको २र३ वर्षको बालक र १८र१९ वर्षको महिला छन्। 

ना ६ ख २५०६ नम्बरको बस ना ५ प ७४०९ नम्बरको ट्रकसँग ठोक्किदा चितवनको ईच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा दुर्घटना भएको थियो। शुक्रबार बिहान ११स्५५ बजे दुर्घटना हुँदा त्रिशुली किनारमा खसेको थियो।

एक सय मिटर तल खोंचमा खसेको बस दुर्घटनाका घाइतेको चितवन, धादिङ, पोखरा र काठमाडौंमा उपचार भइरहेको छ।

 

 

 

प्रकाशित: ११ श्रावण २०७५ १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App