१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

'फिरौतीसँगै ज्यान पनि लिए'

हत्यारालार्इ कार्वहिकाे माग गर्दै बारामा गरिएकाे प्रदर्शन । तस्विर : उपेन्द्र यादव/नागरिक

बारा - अपहरणकारीले ठुलो फिरौती रकम लिएर पनि ९ वर्षीय बालकको हत्या गरेका छन। जितपुर, सिमरा उपमहानगरपालिका ७ का ललन प्रसाद साहका ९ वर्षीय छोरा अंकित गुप्ताको अपहरणकारीले फिरौती रकम लिएर हत्या गरेका हुन्।

अपहरणमा परेका छोराको सकुशल उद्धारकालागि अपहरीत बालकका बुवा ललन साहले अपहरणकारीलाई ६४ लाख ५० हजार भारतीय रकम दिए पनि छोरोलाई बचाउन नसकिएको दुखेसो व्यक्त गरे। छिमेकीको घरमा बेलुका खेल्न गएका बालक अपहरणमा परेका थिए। जेठ २२ गते जितपुरबाट गुप्ताको अपहरण गरीएपछि त्यसको चार दिन अर्थात जेठ २५ गते अपहरणकारीले भारतीय मोबाइल नम्बरबाट फोन गरी फिरौती रकम माग्न शुरु गरेका ललन साहले बताए। उनीहरुले शुरुमा दुई करोड भारतीय रकम फिरौती माग्दा आफन्तले त्यसको जानकारी जेठ २६ गते जितपुर प्रहरीलाई गराएका थिए।

तर प्रहरीलाई जानकारी गराएकाे एक महिनासम्म पनि छोराको केहि अत्तोपत्तो नलागेपछि पिडीत परिवारले अपहरणकारीलाई फिरौती रकम बुझाउने निर्णय गरेको थियो । अपहरणकारीले ठुलो रकम मागेपनि अन्तिममा ५० लाख भारतीय रुपैयाँमा सहमती भए बमोजिम उनीहरुलाई भारतको बेतिया भन्दा पश्चिम नवलपुर मठ नजिकै रहेको स्थानमा फिरौती वापतको रकम बुझाइएको थियो। रकम बुझाएको दुई घण्टापछिनै छोरालाई छाड्ने आश्वासन अपहरणकारीले दिएका मृतकका बाबु साहले बताए। तर दुई घण्टा सम्म पनि छोरो नआइपुग्दा अपहरणकारीलाई फोन सम्पर्क गरिएको तर फोन स्विच अफ भएको उनले बताए।   

त्यसको केही दिनपछि असार ३२ गते फेरी अपहरणकारीले सोहि मोबाइल नम्बरबाट फोन गरि थप २५ लाख भारतीय रकम माग गरेको तर अन्तिममा १४ लाख ५० हजारमा कुरा मिलेको र त्यती रकम पुनः अपहरणकारीले भनेको स्थानमा पुर्याइएको उनले बताए। छोरालाई अपहरणमुक्त पार्न कुल ६४ लाख ५० हजार भारतीय रुपैयाँ फिरौती बुझाएका साहले छोरोलाई भने जिवित भने पाउन सकेनन। 

असार ३२ गते दोश्रोपटक फिरौती रकम बुझेको दिननै अंकित गुप्ताको हत्या गरिएको बारा प्रहरीले जानकारी दियो। उनको शव साउन ३ गते पर्सा जिल्लामा पर्ने गण्डक नगरमा फेला परेको थियो। जितपुरमै रहेको केयर भिजन बोर्डिङ्ग स्कुलको कक्षा तीनमा पढ्दै गरेका गुप्तालाई अपहरण गरी हत्या गरीएको अभियोगमा विरगन्ज महानगरपालिका २४ का रामप्रवेश साह गोढ, पर्वती देबी गिरी र भारत बेतिया घर भएका सुरज गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

बाराका प्रहरी नायब उपरीक्षक रन्जित सिँह राठौरले पक्राउ परेका साहले नै अंकित गुप्तालाई जितपुरबाट अपहरण गरी मोटरसाईकलमा राखेर भारतसम्म पुर्याएको र त्यस कार्यमा निजका भाउजु गर्ने गिरीले सहयोग गरेको अनुसन्धानबाट खुलेको बताए। 

 

प्रकाशित: ११ श्रावण २०७५ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App