१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

एनआरएन क्षेत्रिय बैठकमा सहभागी हुन मन्त्री देखी पूर्वप्रधानमन्त्री युरोपमा

 फ्रयांकफर्ड- गैरआवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय बैठकमा सहभागि हुन परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सहित आदी दर्जन नेताहरु युरोप उत्रिएका छन्। संघको ११ औँ गैरआवासीय नेपाली संघ यूरोपियन क्षेत्रीय बैठक तथा ९ औँ यूरोपियन क्षेत्रीय महिला सम्मेलन आइतवार देखी लक्जेम्बर्गमा हुँदैछ।

लक्जेम्बगस्थित हिल्टन होटलमा आयोजना गरिने सम्मेलनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, सांसदद्धय डा. सूर्य पाठक, राम कुमारी झाक्री भाग लिने छन्।

सो बैठकको  तयारी अन्तिम चरणमा पुगेको गैरआवासीय नेपाली संघको युरोप संयोजक शिव कुमार बरुवालले जनाएको छ। सम्मेलनमा विशेषगरि नेपालमा पूँजी, लगानी सहित ज्ञान, सीप र दक्षता भित्र्याउने विषयमा केन्द्रीत हुने संघका उपाध्यक्ष कुमार पन्तले जनाएका छन्।   

प्रवक्ता भुषण घिमिरेले एक विज्ञप्ति जारी गर्दै  नेपालको समृद्धिमा विदेशमा बस्ने नेपालीले आर्जन गरेका ज्ञान, सीप, प्रविधि एवं पूँजीलाई  नेपालको विकासमा समाहित गर्न सार्थक  हुने विश्वास रहेको जनाएका छन्।  

विज्ञप्तिमा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनु हुने विज्ञहरु र नेपालसँग जोडिएका विदेशी विज्ञहरुलाई एकै थलोमा ल्याउन गैरआवासीय नेपाली दिवस २०१८ को अवसरसाथै अर्को महत्वपूर्ण विषय अर्थात यूरोपबाट कम्तीमा पनि १ अर्बको लगानी नेपालमा भित्र्याउने सम्बन्धमा समेत यो बैठक केन्द्रित रहने  उल्लेख छ।

सम्मेलनमा निजी क्षेत्रका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधि तथा प्रतिष्ठित व्यक्तित्वहरु सहभागि हुने वताएको छ।  युरोपस्थित २७ देशका गैरआवासीय नेपाली प्रतिनिधी सहित  लक्जेम्बर्ग सरकारका उच्च पदस्थ व्यक्तित्वहरु सहित नेपालका अन्य उच्च पदस्थ व्यक्तित्वहरु, सहभागि हुने छन्। सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, महासचिव डा. बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा. हेमराज शर्मा, एनआरएनएका प्रवक्ता भूषण घिमिरे लगायतका पदाधिकारी सहभागि हुने छन्।

प्रकाशित: ११ श्रावण २०७५ ०९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App