१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

शताब्दीकै लामो खग्रास चन्द्रग्रहण आज

काठमाडौं । आज राति शताब्दीकै सबैभन्दा लामो खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। 

खग्रास चन्द्रग्रहण ३ घण्टा ५५ मिनेटको हुने बताइएको छ। शुक्रबार राति १२ बजेर ९ मिनेटमा खग्रास चन्द्रग्रहणले स्पर्श गर्ने छ। खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ। खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ। राति २ बजेर ८ मिनेटमा ग्रहणको मध्य र ४ बजेर छ मिनेटमा अन्त्य हुने बताइएको छ।  

नेपालबाट पनि चन्द्रग्रहण हेर्न सकिने छ। चन्द्रग्रहणको असर ११ बजेर ८ मिनेटदेखि सुरु हुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। 

पञ्चाङ्ग निर्णायक समितिका अनुसार चन्द्राग्रहण सुरु भएपछि विस्तारै चन्द्रमाको रंग रातो हुदै जाने र केही समयमा चन्द्रमा पुरै गायब हुनेछ। 

चन्द्रग्रहण लाग्नुपूर्व सबै शुभकार्य तथा अन्य काम सम्पन्न गरी ग्रहणको समय केही गर्न नहुने बताइएको छ। ग्रहणको समय भोजन तथा मलमुत्र निषेध मानिएको छ। तथापी ग्रहणबाट बालबालीका, रोगी, बिरामी, र वृद्धवृद्धा मुक्त हुनेछन्। 

यसपटकको चन्द्रग्रहणबाट मेष, सिंह, वृश्चिक तथा मीन राशीका मानिसलाई फाइदा मिल्ने बताइको छ भने वृष, मिथुन, कर्कट, कन्या, तुला, धनु, मकर र कुम्भ राशीका मानिसलाई भने नोक्सान हुने बताइएको छ।

प्रकाशित: ११ श्रावण २०७५ ०३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App