२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डा केसीको उपचारको लागि टोली गठन, प्रमका निजी चिकित्सक संयोजक

काठमाडौं– त्रिवि शिक्षण अस्पतालले २७ दिनदेखि अनशनरत डा. गोविन्द केसीको उपचारका लागि चिकित्सकको ९ सदस्यीय टोली गठन गरेको छ। 

अस्पतालकी कार्यकारी निर्देशक मन्दिरा वन्तले विहीबार सामान्य चिकित्सा विभागका प्रमुख प्रा.डा. प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभागका प्रा.डा. दिव्या सिंह शाहको संयोजकत्वमा ९ सदस्यीय स्वास्थ्य उपचार टोली गठन गरेकी हुन्। शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक हुन्।

टोलीले डा. केसीको स्वास्थ्य उपचार र नियमित परीक्षण गर्नेछ। ‘अस्पताल व्यवस्थापन एवं स्वास्थ्य उपचार टोलीका सदस्यहरुसँग समन्वय र सहकार्य गरी चिकित्सक केसीको सबै प्रकारको स्वास्थ्य उपचारमा आवश्यक व्यवस्था मिलाई सहयोग गरिदिन अनुरोध गर्दछु’, वन्तले निर्देश गरेकी छिन्।

टोलीको सदस्यमा सहप्राध्यापक डा सुवास आचार्य, उपप्राध्यापक डा. प्रमेश सुन्दर श्रेष्ठ, डा. सूूर्य देवकोटा, डा. पंकज पन्त, डा. रविन नेपाली, उपप्रशासक टेकबहादुर कार्की र नर्सिङ्ग अधिकृत गंगा थापा रहेका छन्। 

प्रकाशित: १० श्रावण २०७५ १०:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App