१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

इलाममा सिटी मार्ट बन्दै

इलाम नगरपालिकामा बन्न लागेको सिटी मार्टको नक्सा। तस्बिरः नागरिक

इलाम – इलाम बजारमा सुविधासम्पन्न ‘सिटी मार्ट’ सपिङ कम्प्लेक्स निर्माण गरिने भएको छ। इलाम नगरपालिकाले चालू आर्थिक वर्षमै भवन निर्माण थाल्दैछ।

९ करोड ३८ लाख रुपैयाँ लागत अनुमान गरिएको भवनमा ९२ सटर र २ वटा लिफ्टसहितको हुने इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाईंले बताए। ‘व्यापारिक प्रयोजनका लागि भवन बनाउन लागिएको हो,’ उनले भने, ‘चौथो तल्लामा स्टिल ट्रस्ट लगाएर तरकारी तथा मासु पसलका लागि तयार गर्नेछौं।’ भवन निर्माण हुने स्थलमा रहेका कपडा र तरकारी पसल हटाइएको छ।

सिटी मार्टका लागि इलाम अस्पतालको पोस्टमार्टम घरछेउमा पार्किङस्थल बनाउने नगरको योजना छ। आउँदो २०७६ चैत ३० सम्ममा भवन निर्माण सम्पन्न गर्ने योजनासहित विकोई भगवती जेभीले निर्माणको जिम्मा लिएको छ। स्थानीय तह पुनर्संरचना भएपछि सदरमुकामको व्यापार घटेको चर्चा भइरहेका बेला सिटी मार्ट निर्माण भएपछि यहाँको चहलपहल अझ बढ्ने नगरपालिकाको अपेक्षा छ।

प्रकाशित: १० श्रावण २०७५ ०५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App