१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ज्योति विकास बैंक ११ वर्षमा

काठमाडौं– ज्योति विकास बैंक १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको उपलक्ष्यमा कमलादी र सिमरा शाखामा रक्तदान कार्यक्रम गरेको बैंकले जनाएको छ।

यस्तै मुस्ताङ जिल्लामा भएको सवारी दुर्घटनामा श्रीमान गुमाएकी रोल्पा थवाङ गाउँपालिका–५, की २१ वर्षिया लिलासरी पुनमगर रोकाको छोरालाई शैक्षिक छात्रवृत्ति दिने घोषणा गरेको छ। बैंकले रोकाका ५ वर्षे छोरालाई १२ कक्षासम्मको शैक्षिक छात्रवृत्ति दिनेछ। 
साथै, बैंकको विराटनगर शाखाबाट जनचेतना आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी प्रदान गरिएको छ। देवघाट शाखाले देवघाट समाज कल्याण केन्द्रका वृद्घवृद्घालाई फलफूल, खाजा तथा रुमाल बाँडेको बैंकको विज्ञप्तिमा छ। 

बैंकको ६० शाखा र २० एटिएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ। यसै आवभित्र यस बैंकले ९० वटा शाखा पु-याउने लक्ष्य सहित काम गरिरहेको जारी विज्ञप्तिमा उल्लेख छ। 

ज्योति चुक्ता पुँजी दुई अर्ब ५९ करोड ३६ लाख छ। हालसम्म बैंकले १९ अर्ब ५६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणीलाई १६ अर्ब नौ करोड रुपैयाँ लगानी गरेको छ। 

 

प्रकाशित: ९ श्रावण २०७५ १६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App