१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरीको हतियार खोस्न खोज्ने छ जना पक्राउ

दाङ- ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट सादा पोशाकमा खटिएको प्रहरीको हतियार खोस्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। सोही ठाउँ बस्ने ३३ वर्षीय सागर श्रेष्ठसमेतका ६ जनालाई रा.१ प १९७१ नम्बरको मोटरसाइकलसहित गएराति प्रहरीले पक्राउ गरेको हो।

                तुल्सीपुर नगरपालिका–१५ ग्वारखोलाबाट अबैधरुपमा बालुवा गिटी चोरी भइरहेको खबर पाएपछि प्रहरी टोली त्यहाँ गएको थियो। प्रहरी हवल्दार फलिन्द्र संज्याल र प्रहरी जवान सुदिप बुढा सोही ठाउँस्थित राजमार्गको कटेजमा पुग्दा हो–हल्ला गरिरहेका मानिसहरुले उनीहरुको हतियार खोस्न लागेको र तरवार प्रहार गर्न खोज्दा प्रहरीले आत्मरक्षाको लागि गोली फायर गर्दा रामपुर–९ सिमलटार बस्ने २७ वर्षीय दानबहादुर बुढा तिघ्रामा गोली लागि घाइते भएका थिए। घाइते बुढाको राप्ती उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २५ भाद्र २०७३ १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App