१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शिक्षाको विकासका लागि सरकारले नयाँ योजना ल्याउँछ : प्रम ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई कसरी अगाडि बढाउने भन्ने विषयमा सरकारले नयाँ योजना बनाइरहेको बताएका छन्।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १० औं सभा बैठकलाई बुधबार बालुवाटारमा सम्बोधन गर्दै ओलीले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ सो अनुसार शिक्षण संस्था खोल्नुपर्ने बताए। अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाण पत्र व्यक्तिको लागि गौरव भन्दा पनि पीडाको विषय भएको ओलीको भनाइ छ।

“चाहिएको छ कृषि विज्ञ प्रमाण पत्र, छ अरु नै विषयको। यस्तो भएपछि मान्छे बेरोजगार हुन्छ” प्रधानमन्त्री ओलीले भने, “अनि प्रमाण पत्र पाउँदाको उत्साह केही दिनमै पीडामा बदलिन्छ।”

सरकारले सबै क्षेत्रको अध्ययन गरेर कहाँ कति जनशक्ति आवश्यक छ सोही अनुसार शिक्षण संस्था खोल्नका लागि सिफारिस गर्ने ओलीको भनाइ थियो।

नेपाललाई लामो समय गरिब बनाएर खाना लाउन बाहेक अन्यत्र ध्यान दिन नसक्ने अवस्थामा पुर्याएको भन्दै ओलीले अब त्यो अवस्था बाँकी नरहने उल्लेख गरे। उनले भने, “अब नेपालीहरु खान र लाउनबाट माथी उठेर अन्य आवश्यकताको गुणस्तरीय परिपूर्तीमा लाग्न सक्ने अवस्थामा पुगेका छन्।”

प्रकाशित: ९ श्रावण २०७५ ०९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App