१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा

फाइल फाेटाे

बैतडी -  गए रातिदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ।

 महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलासैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक आज मध्याह्नपछि पुनः सञ्चालनमा आएको हो।

सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।

गएराति परेको पानीका कारण महाकाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । राजमार्ग पुनः सञ्चालनमा आएपछि रोकिएका सवारी साधन र यात्रुहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

२०६० साल असारमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत अहिलेसम्म पनि हुन नसक्दा वर्षातको समयमा प्रत्येक वर्ष उक्त ठाउँमा बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ।

उक्त पहिरोले त्यो बेला बांगाबगर–६ का घरहरू पूर्ण रुपमा नष्ट गरेको थियो भने १५० रोपनी जमीन बगरमा परिणत भएको थियो। सोही बेलादेखि प्रत्येक वर्ष आउने पहिरोले हाल पनि बांगाबगरवासीलाई चिन्तित बनाएको स्थानीयवासी सुरेश श्रेष्ठले जानकारी दिए। रासस

प्रकाशित: ९ श्रावण २०७५ ०७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App