१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जेनेभा सम्झौताको सिरियाली विद्रोहीद्वारा स्वागत

बेरुत– सिरियामा विद्रोह गरिरहेका छाता सङ्गठनले युद्धविराम गराउन रसिया र अमेरिकाबीच भएको सम्झौताको स्वागत गरेको छ।

चाँडै नै घेराबन्दी गर्ने र आक्रमण गर्नेक्रम रोकिएर नागरिकले शान्तिको महसूस गर्न पाउने विश्वास सङ्गठनले गरेको छ।

“हामी आशा गर्दछौँ की चाँडै नै नागरिकको अग्नि परीक्षा अन्त्य हुने छ,” उच्चस्तरिय वार्ता समितिकी प्रवक्ता बस्मा कोदमनीले भने “यदी यो युद्धविराम लागु हुने हो भने हामी त्यो सम्झौताको स्वागत गर्दछौँ।

सिरियामा सन् २०११ सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केहीपछि गएर गृहयुद्धमा परिर्णत भएको थियो।

यस परी सन् २०११ देखि हालसम्म दुई लाख ९० हजार भन्दाबढी व्यक्तिको मृत्यु भइसककेको छ ।

यस द्वन्द्वको कारण लाखौँ व्यक्ति घाइते भएका छन्, भने लाखौँ व्यक्ति देशभित्र र बाहिर शरणार्थीका जिवन विताइरहेका छन्।

मुस्लिम समूदायको महान पर्व इद अल अदाको सुरु हुने लागेको यस अवसरमा युद्धविराम हुन लागेको छ। रासस/एएफपी

 

प्रकाशित: २५ भाद्र २०७३ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App