१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पोखरेललाई ‘मदन–शीला स्रष्टा सम्मान’

काठमाडौं – भाषाविद् तथा प्राध्यापक बालकृष्ण पोखरेललाई ‘मदन–शीला साहित्य स्रष्टा सम्मान २०७४’बाट सम्मान गरिएको छ ।

राजधानीमा मंगलबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पोखरेललाई सम्मान प्रदान गरेका हुन्।

मदन–शीला साहित्य प्रतिष्ठानले स्थापना गरेको पुरस्कारको राशी एक लाख एक हजार रुपैयाँ तथा कदरपत्र रहेको छ । पुरस्कार वितरण कार्यक्रममा पोखरेलले लेखनीका पुराना दिन सम्झिए । उनले भानु पत्रिकामा २००९ सालमा छापिएको निबन्ध तथा विभिन्न राष्ट्रिय र स्थानीय पत्रिकामा छापिएका आफ्ना रचना गहन भावले लेख्ने गरेको स्मरण गरे ।
भारतमा बसेर अध्ययन गरेको नेपाली साहित्यको ज्ञानले नेपालको भाषा साहित्यका लागि थोरै योगदान गर्न सकेको उल्लेख गरे । ८६ वर्षीय स्रष्टाले आपूmलाई कुनै वयस्क युवाभन्दा कमजोर नसोच्ने बताएका थिए ।कार्यक्रममा विराटनगरबाट प्रकाशित हुँदै आएको भानु साहित्यिक मासिक पत्रिकालाई ‘मदन–शीला साहित्य पत्रकारिता पुरस्कार २०७४’ प्रदान गरिएको थियो । पुरस्कार पत्रिकाकी सञ्चालिका शिवानी घिमिरेले ग्रहण गरिन् । पत्रिका उनका श्रीमान् भवानी घिमिरेले स्थापना गरेका थिए।

त्यस्तै, गुल्मीबाट प्रकाशित हुँदै आएको ‘हाम्रो पुरुषार्थ’ साहित्यिक पत्रिकाले पनि यो पुरस्कार प्राप्त गरेको थियो । पुरस्कार पत्रिकाका सञ्चालक शशी पन्थीले ग्रहण गरेका थिए । चार दशक अघि स्थापित यो पत्रिकाले पश्चिम नेपालमा लेखनीमार्फत जागरण ल्याएको थियो । दुवै पुरस्कारको राशि ५० हजार ५ सय रुपैयाँ रहेको छ ।सञ्चालक पन्थीले उसबेला सडक नहुँदाको अवस्थामा भारत, राजधानी काठमाडांै, बुटवल र पाल्पा पुगेर पनि पत्रिका छाप्ने कार्यलाई निरन्तरता दिएको बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पोखरेल नेपाली भाषा साहित्यको अग्रणी रहेको बताउँदै नेपाली भाषा व्यवस्थित गरेको दाबी गरे । यो पुरस्कारले वृद्धावस्थामा पनि अझै केही योगदान गर्न उर्जा दिने बताए।

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष बासुदेव त्रिपाठीले नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान गरेकालाई सम्मान गर्न संस्था सक्रिय रहेको जनाए । उनका अनुसार बीसको दशकमा साहित्य लेखनी र प्रकाशनमा सक्रिय रहेका मदनदेव भट्टराई र उनकी पत्नी शीला भट्टराईको नामबाट उनका छोरा बुहारीले पुरस्कार स्थापना गरेका हुन् । मदनदेवको निधन भइसकेको छ भने उनकी पत्नी शीला जीवित छिन् । छोरा बुहारी विदेशमा बसेर पनि पितापूर्खाको स्मरण र पहिल्याएको पथ सम्झनु गर्वको विषय भएको त्रिपाठीले बताए ।
 

प्रकाशित: ९ श्रावण २०७५ ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App