१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दलहरूबीच राष्ट्रिय एकता अावश्यकः उपराष्ट्रपति

झापा-उपराष्ट्रपति नन्दबहादुर पुनले सबै राजनीतिक दलहरुलाई बलियो राष्ट्रिय एकता प्रदर्शन गर्न आह्वान गरेका छन् । तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता उद्घाटन गर्न बिहीबार झापाको धाइजन आइपुगेका उपराष्ट्रपति पुनले पछिल्ला चुनौतिहरु राष्ट्रिय एकताबाट मात्र छिचोल्न सकिने भन्दै दलहरुलाई सजग गराएका हुन्।

'भूकम्प, नाकाबन्दीलगायतका कारणले मुलुकको अर्थतन्त्रमा गम्भीर धक्का पुगेको छ', उनले भने 'यस्तो अवस्थामा दलहरुले बलियो राष्ट्रिय एकता प्रदर्शन गर्न जरुरी छ । म त्यसैका लागि सबैलाई आह्वान गर्दछु ।' उनले 'जननिर्वाचित प्रतिनिधिले निर्माण गरेको लोकतान्त्रिक संविधान कार्यान्वयनमा पनि एकता चाहिएको' बताए ।

खेलकुद क्षेत्र पनि राष्ट्रियता बलियो बनाउने एउटा मुख्य माध्यम बन्ने बनाउँदै उपराष्ट्रपतिले खेलकुदको विकासका लागि राज्य बलियो रुपमा लाग्नुपर्ने ओैंल्याए। आफै पनि भलिबलको पूर्व खेलाडी भएको स्मरण गर्दै उनले खेलकुदको विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा एमाओवादी नेता राम कार्की, काँग्रेस नेता विश्वप्रकाश शर्मा, एमालेका मनकुमार गौतमलगायतले बोलेका थिए ।

प्रकाशित: १ वैशाख २०७३ १८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App