१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सेफ्टी ट्यांकी खन्ने क्रममा पुरिएर एकको मृत्यु

धादिङ– धादिङको धुनीबेसी नगरपालिका ६, धार्केमा सेफ्टी ट्याङकी खन्ने क्रममा पुरिएर एकजनाको मृत्यु भएको छ। 

सेफ्टी ट्याङकी खन्ने क्रममा खसेको पहिरोले पुरिएर पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिका वडा नं २ बस्ने ३२ बर्ष का कोइरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

स्थानीय राजन श्रेष्ठको घरको सेफ्टी ट्याङकी खन्ने क्रममा पहिरो खसेको थियो। पहिरोले पुरिएका कोईरीको जेसिबीको सहायतामा स्थानिय र प्रहरीले शव निकालेका थिए।

सो स्थानमा तीन जनाले काम गरिरहेकोमा पहिरो खस्न थालेपछि २ जनाले भागेर ज्यान बचाएको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ।

प्रकाशित: ८ श्रावण २०७५ १५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App