१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छुट्टाछुट्टै स्थानमा दुई शव फेला

गुल्मी– गुल्मीको इस्मा गाउँपालिकामा एक व्यक्तिको शव फेला परेको छ। ईस्मा गाउँपालिका वडा नम्वर–१ हस्तीचौरको हर्पुकोट अर्सेनीका ६५ वर्षीय लोकबहादुर महतराको शव मगंलबार दिउँसो फेला परेको हो।

सोमबार साँझ घरबाट गुरुवातिर हिडेका महतराको शव खोलामा फेला परेको वडाध्यक्ष चुराबहादुर खत्रीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयका अनुसार लोक बहादुरको भिरबाट लडेर ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ। सडकबाट करिब ५० तल पानीमा डुबेको अवस्थामा शव भेटिएकाले घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिए।

यता मगंलबार दिउँसो नै गुल्मीको रुरु गाउँपालिका वम्घामा कृष्ण श्री शर्मा झुण्डिएको अवस्थामा फेला परेका छन्। मुसिकोट नगरपालिका वडा नम्वर–४ बडागाउँ घर भएका ३६ वर्षीय शर्मा रुरु गाउँपालिका ४ वम्घाको एक रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

घटनास्थलमा पुगेका रिडी ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भिमबहादुर कार्कीका अनुसार उनले सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन्। नोटमा स्थानीय एक युवतीसँग गहिरो मायाप्रेम रहेको र आजबाट विदा भए भन्ने जस्ता कुराहरु उल्लेख गरिएको उनले बताए। उनको शव पोस्टमार्टका लाथि जिल्ला अस्पताल पठाइएको छ

प्रकाशित: ८ श्रावण २०७५ १४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App