१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चिकित्सक संघको निर्देशन : वैकल्पिक ओपीडी चलाउँदै अनशनमा बस्नु

काठमाडौं- चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकार गम्भिर नभएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

सरकारले अनशनको २४ औं दिन वितिसक्दा पनि गम्भिरता प्रकट नगरेको हुनाले डा. के.सी. को जीवन दिनप्रतिदिन जोखिम अवस्थामा गईरहेकोमा नेपाल चिकित्सक संघले स्तब्ध भएको जनाएको छ।

संघले रेजिडेन्ट चिकित्सकहरुले संचालन गरेको बहिरंग र अन्तरंग सेवा बहिष्कार प्रति ऐक्यबद्धता जनाएको छ।

देशभरका चिकित्सकहरुले आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपिडी टिकट, रसिद, बील बहिष्कार गर्ने, विरामीको स्वास्थ्यलाई असर नपर्ने गरी बैकल्पिक उपायद्वारा ओपिडी सेवा संचालन गरिने संघले घोषणा गरेको छ।

देशभरका चिकित्सकलाई जिल्लामा रिलेअनसन, र्याली, धर्ना लगायतका विरोधका कार्यक्रमहरु गर्दै नागरिक समाजसँग समन्वय गरी सशक्त विरोध गर्न भनेको छ।

काठमाडौंमा नेपाल चिकित्सक संघका पदाधिकारी सहित सम्पूर्ण चिकित्सकहरुलाई बसन्तपुर डबलीमा उपस्थित भई विहान १० बजेदेखि बेलुका ५ बजे सम्म अनशन बस्न निर्देशन दिएको छ। 

 

प्रकाशित: ७ श्रावण २०७५ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App