१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बैकिङ कसुरका आरोपी धरौटीमा रिहा

विराटनगर- विराटनगर भन्सार हाता  भित्र रहेको  वाणिज्य बैक शाखा मार्फत १० करोड भन्सार राजस्व अपचलन गरेको आरोप लागेकाहरू  धरौटीमा छाडिएका छन्। उच्च अदालत विराटनगरको आदेशले बैंकिङ कसुरका मुख्य आरोपीहरू विराटनगर भन्सारका एजेन्ट सुरेश बोहोरा र उनका प्रतिनिधि ललित बोहोरा धरैटीमा छाडिएका हुन्।

भन्सार एजेन्ट सुरेश बोहोरा ८० लाख र ललित बोहोरा २५ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा भएको उनिहरूका पक्षबाट बहस गर्ने वकिलहरूले बताएका छन्। वरिष्ठ अधिवक्ता भरत थापाका अनुसार उच्च अदालतको आइतवारको आदेश अनुसार उनिहरू रिहा भएका हुन्। मिलेमतोमा बैंकमा दाखिला गर्नुपर्ने राजस्व दाखिला नगरि अपचलन गरेको  घटना खुलेपछि दुवै फरार भएका थिए । सुटुक्क अदालतमा हाजिर भएर उच्च अदालत विराटनगरको वाणिज्य इजलासमा  ६ साउन आइतबार भएको बयान र बहसपछि आइतबार नै उच्च अदालतले  धरौटीमा छाड्न आदेश गरेको थियो। सुरेशले एनआईसी बैक र ललितले लक्ष्मी बैकलाई धरौटीका लागि ग्यारेन्टी राखेका छ्न। सुरेश बोहोराको तर्फबाट बरिष्ठ अधिबक्ता भरत बहादुर थापाले बहस गरेका थिए भने ललित बोहोराको तर्फबाट वकिलहरू शान्तिराम भण्डारी र रसिदलाल मण्डलले वहस गरेका थिए।

यसैगरी राजस्व अपचलन प्रकरणमा  मिलिभगत गरेको आरोपमा पक्राउ परेर अदालतको आदेश अनुसार धरौटी बुझाउन नसक्दा जेल चलान भएका बाणीज्य बैंक विराटनगर भन्सार काउन्टरका सहायक अधिकृत तोर्ण राउत  र शाखा प्रमुख विष्णुप्रसाद निरौला जनही ७५ लाख धरौटी बुझाएर छुटेका छन्। बैकिंङ कसुर आरोपमा उच्च अदालत विराटनगरले उनीहरूलाई ४ करोड धरौटी माग गरेको थियो। बुझाउन नसकेपछि जेल चलान भएका उनीहरूले सर्वोच्चमा अपिल गरेका थिए । सर्वोच्चले धरौटी कम गरेपछि उनिहरु जेथा जमानी राखेर छुटेको स्रोतले जनाएको छ।

 

 

प्रकाशित: ७ श्रावण २०७५ १३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App