१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

धिमाल हाेमस्टेमा नयाँ स्वाद

बेग्लाबेग्लै समुदायले चलाएका होमस्टेमा फरक फरक स्वाद पाइन्छ ।  

धिमाल

नेपालमा धिमाल समुदायले चलाएको एउटा मात्र होमस्टे छ झापामा । दमक नगरपालिका–७ मा अबस्थित दोघरे धिमाल होमस्टेमा १० घर पाहुनाको स्वागतमा तम्तयार छन् । उक्त सामुदायिक होमस्टेका सल्लाहकार मोहन धिमालका अनुसार ०६८ देखि होमस्टे सुुरु गरिएको । हरेक घरमा दुइ–दुई जना बास बस्न सक्छन् । अट्याच बाथरुम सहितका कोठाको ५ सय रुपैयाँ पर्छ भने सादा खानाको सय रुपैयाँ । समूहले पाहुनालाई साँस्कृतिक कार्यक्रम देखाउँछ । कार्यक्रम हेरेर स्वेच्छाले दान गर्न सकिन्छ ।
सम्पर्क ः मोहन धिमाल–९८१५००६५१५

चित्रे
स्याङजा, कास्की र पर्वतको संगम पञ्चासे लेक घुम्न लायक छ । त्यहाँबाट हिमालको लामो लर्कन देखिन्छ । जैबिक विविधताले पञ्चासे क्षेत्र भरिपूर्ण छ । पञ्चासे उकालिने ठाउँ पर्वतको चित्रेमा होमस्टे सुविधा छ । चित्रे गाविसको १, २ र ४ नंम्बर वडामा गुरुङका १० घरमा । त्यहाँ पाहुनाका लागि ४१ वटा बेड छन् । गाउँबाट तीन घन्टा उकालो चढे पञ्चासे धुरी पुगिन्छ । होमस्टेमा बेडको सय, सादा खानाको १५० र खाजाको ७० रुपैयाँ । साँस्कृतिक कार्यक्रममा दान गरे पुग्छ ।

सम्पर्कः शुसिलादेवी गुरुङ–९८४७७९१९८६

राना गाउँ
आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदी रम्घा मुन्तिर राना गाउँमा मगर समुदायले होमस्टे चलाएको छ । भानु नगरपालिका–४ का १० घरमा होमस्टे सुरु गरिएको वर्ष दिन भयो । त्यहाँबाट भानु जन्मस्थलको सालिकसम्म पुग्न ४५ मिनेट लाग्छ । मनास्लु हिमाल, कालिका मन्दिर र गाउँले जीवनशैली त्यहाँका आकर्षण । सामुदायिक होमस्टेको प्याकेज मुल्य ८५० रुपैयाँ । प्याकेजमा खाजा, बेड, डिनर, ब्रेकफास्ट र खाना सुविधा हुन्छ । कौरा नृत्यसहितको साँस्कृतिक कार्यक्रमको २५ सय रुपैयाँ ।

सम्पर्कः पदमबहादुर राना–९८१४१७३४६१

प्रकाशित: २५ भाद्र २०७३ ०४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App