१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नेपालगञ्जमा खुल्याे ५० शैय्याकाे सैनिक अस्पताल

प्रधानसेनापति क्षत्री नवनिर्मित सैनिक अस्पतालको उद्घाटन गर्दै । तस्विर : नेपाली सेना

नेपालगञ्ज - प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले सोमबार बांके जिल्लाको नेपालगञ्ज स्थित राँझामा नवनिर्मित सैनिक अस्पतालको उद्घाटन गरेका छन् । बहालवाला तथा भु.पू.सैनिक र तिनका आश्रित परिवारहरुको स्वास्थ्य उपचारको लागि ५० शैय्याकाे सैनिक अस्पतालको निर्माण गरिएको हो । १४ रोपनी ८ आना क्षेत्रफलमा फैलिएको उक्त अस्पतालमा हाल जनरल मेडिकल, डेन्टल, प्याथोलोजी र रेडियोलोजी सेवाहरु संचालन गरिएका छन् भने एनेस्थेसिया, सर्जन, अर्थाे र गाईनो सेवा विस्तार गर्दै लगिने योजना रहेको छ।

महारथी श्री क्षत्रीले सोमबारै बांके जिल्लामा तैनाथ श्रीमेहर गण, तथा डोटी जिल्लामा तैनाथ श्री सुदुर पश्चिम पृतना हेड क्वार्टरको निरीक्षण भ्रमण गरे। निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले त्यहाँको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिदैँ सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए। 

प्रकाशित: ७ श्रावण २०७५ १०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App