१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

सरकारले पायो सुनुवाईको मौका

मेलम्ची खानेपानी आयोजनाको ठेकेदारले एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति पाउन गरेको दाबीमा सरकारले थप सुनुवाईको मौका पाएको छ।

भूकम्प, नाकाबन्दी लगायतका विविध कारणले काम गर्न नपाएको भन्दै ठेकेदार कम्पनी इटालियन को–अपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी)ले एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको छ । सोही दाबी अनुसार आयोजना र ठेकेदारबीच भएका विवाद टुंग्याउन गठित विवाद समधान समिति (डिस्प्युट एड्जुडिकेसन बोर्ड–डिएबी)मा मुद्धा जारी छ । डिएबीले यसअघि जुन ८ मा सुनुवाई गरेर अन्तिम निर्णय सुनाउने तयारी गरिरहेको थियो । तर, सरकारको पक्षबाट अनुनय गरेर सुनुवाईको मौका दिन ताकेता गरेपछि सरकारले सुनुवाई गर्ने थप मौका पाएको हो।

‘हाम्रो अनुनयलाई स्वर्कादै डिएबीले सरकारको पक्षबाट सुनुवाई गर्ने मौका दिएको छ,’ खानेपानी मन्त्रालयका सचिव गजेन्द्रबहादुर ठाकुरले भने, ‘अक्टोबर २३ मा सरकारको पक्षबाट डिएबीमा सुनुवाई हुनेछ ।’ सुनुवाईमा मन्त्रालयका सचिव ठाकुर र मेलम्ची खानेपानी आयोजनाका कार्यकारी प्रमुख सूर्य कँडेल लगायतले रहनेछन् । डिएबीले सरकार पक्षको सुनुवाईपछि मात्रै अन्तिम फैसला गर्नेछ ।आयोजना र ठेकेदारबीच यसअघि यस्तै प्रकृतीका  ७ वटा मुद्धा परेका थिए । ती मध्ये सरकारले एउटा मुद्धा मात्रै जितेको छ भने बाँकी ६ वटा ठेकेदारले जितेको थियो।

‘यस पटक हामीले थप सुनुवाईको मौका पाएका छौं,’ सचिव ठाकुरले भने, ‘आफ्नो धारणा पनि स्पष्ट राख्न पाउने भएपछि मुद्धा जित्ने सम्भावना बलियो हुन्छ ।’ उनका अनुसार मुद्धा जित्नेछ । थप सुनुवाई पाएपछि मुद्धा नजितेपनि ठेकेदारकै दाबी अनुसारको क्षतीपूर्ती रकम भने घट्ने दाबी ठाकुरको छ।

ठेकेदारको क्षतीपूर्ती दाबी गर्दै जेठ दोस्रो साता डिएबीमा मुद्धा हालेको थियो । त्यस लगातै तेस्रो साताबाट डिएबीमार्फत बहस शुरु भएको थियो । डिएबीमा तीन सदस्यीय समिति हुन्छन् । आयोजनाको तर्फबाट नेपाल सरकारका पूर्वइन्जिनियर लेखमान सिंह भण्डारी र ठेकेदारको पक्षबाट विट्रिस नागरिक छन् । दुई पक्षबाटै मनोनित सदस्य पनि विट्रीस नागरिक नै रहेका छन् । उक्त समिति मार्फत नै मुद्धाको अन्तिम फैसला हुनेछ।

टनेल निमार्णले गति लियाे
मेलम्ची खानेपानी आयोजनाको टनेलको काम तिव्र गतीमा अगाडि बढाएको छ । मेलम्ची देखि काठमाडौंसम्मको २६ हजार मिटर टनेल रहेको छ । त्यो मध्ये आयोजनाले ७ हजार टनेलको फिनिसिङ सम्पन्न गरिसकेको खानेपानी मन्त्रालयका सहसचिव अनिलभद्र खनालले जानकारी दिए।

‘अहिले हामीले दैनिक रुपमा २ सय मिटर टनेलको फिनिसिङ गरिरहेका छौं,’ सहसचिव खनालले भने, ‘यसलाई बढाएर दैनिक तीन सयसम्म टनेल फिनिसिङ गर्ने तयारी थालेका छौं ।’ उनका अनुसार फिनिसिङ गर्न बाँकी रहेको १८ हजार मिटर टनेल दुई महिनाभित्र सम्पन्न गर्नेगरी काम अघि बढेको छ । यसअघि दैनिक रुपमा सय देखि दुई सयको हारहारीमा टनेल फिनिसिङको काम सम्पन्न हुँदै आएको थियो।

‘हाम्रो लक्ष्य भनेको दसैंसम्म उपत्यकामा पानी ल्याउने हो,’ मन्त्रालयका सचिव ठाकुरले भने, ‘कामको गतीलाई बढाएर कुनै हालतमा पनि दसैंमा उपत्यकामा पानी झार्दछौं ।’ उनका अनुसार ठेकेदारले समेत समस्या नथुपरी काम गरिरहेको छ । सुन्दरीजल, सिन्धुमा दुई ठाउँबाट, ग्याल्थुममा दुई ठाउँबाट र अम्बाथान एक ठाउँबाट गरेर अहिले ६ ठाउँबाट टनेल फिनिसिङको काम भइरहको मन्त्रालयले जानकारी दियो ।
 

प्रकाशित: ७ श्रावण २०७५ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App