१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

पर्यटक तान्दै ओम शान्ति पार्क

फाइल फाेटाे

भक्तपुर - भक्तपुरको चाँगुनारायण नगरपालिका छालिङस्थित शान्ति प्रतिष्ठान तथा बाल उद्यान (ओम शान्ति पार्क) पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण वन्न थालेको छ।

यहाँं दैनिक रुपमा घुम्न आउनेहरुको संख्या वढेको स्थानीहरु बताउँंछन् । भक्तपुरसहित काठमाडौं, ललितपुरबासी मात्रै नभई नजिककै काभ्रेपलान्चोक जिल्लाबाटसमेत यहाँं दैनिक घुम्न आउने गरेको जनाइएको छ । विशेष गरेर युवायुवतीहरु बढी घुम्न आउने गरेको स्थानीयले बताएका छन्।

स्थानीय सागर खड्काका अनुसार यो ठाउँमा विभिन्न ठाउँंहरुबाट दैनिकजसो मानिस घुम्न आउने गरेका छन् । निर्माणाधिन रहेका कारण प्रचारप्रसार नगरिए पनि दैनिक घुम्न आउनेहरु बढेको उनले जनाए । उनका अनुसार विशेष गरेर युवा उमेरका आन्तरिक पर्यटकहरु वढी घुम्न आउने गरेका छन्।

यो ठाउँ भक्तपुर छालिङ्गमा रहेको छ । यो ठाउँं भक्तपुरको कमलविनायक चोकबाट तीन किलोमिटर उतर पूर्वमा रहेको छ । यहाँं पुग्न कालोपत्रेसहितको सुविधाजनक मोटरबाटो छ । घुम्न पुगेकाहरुले सोसल मिडिया फेसबुकमा फोटो पोष्ट गरेका कारण जानकारी पाएर घुम्न आउनेहरुको संख्या दिनप्रतिदिन वढ्दो रहेको जनाइएको छ ।
यहाँं पुगेकी काठमाडौंकी राधिका श्रेष्ठ पनि आफ्नो साथीहरुसंग घुम्न आएको बताउँंछन् ।

उनले पनि यो ठाउँकोबारे फेसबुकमा साथीहरुले फोटो राखेको भएर थाहा भएको बताइन् । उनले यो ठाउँ एकदम राम्रो लागेको सुनाइन् । शान्त, स्वच्छ वातावरणमा जताजतै हरियाली देखिने भएकोले आफूलाई यो ठाउँ मन मरेको उनले सुनाइन् । ‘काठमाडौंको धुवा, धुलो, ध्वनि प्रदूषणबाट मुक्त भएर वस्तीविहीन यो ठाउँंमा पुग्दा मलाई स्वर्गमा पुगेजस्तै अनुभब भयो,  उनले सुनाइन्।

भक्तपुरका सबिन कोजूका अनुसार उनका साथीहरु पहिला यो ठाउँमा घुम्न आएको थिए । त्यही भएर आफू साथीसंग घुम्न आएको उनले बताए । यो ठाउँ एकदम राम्रो आन्नदको लगेको उनले सुनाए । साथीहरुले भनेको भन्दा पनि एकदम धेरै राम्रो लागेको छ, उनको बयान थियो । कहाँ घुम्न जाउ भन्ने भएको थियो, मलाइ यो ठाउँ ढुङगा खोज्दा देवता मिलेको जस्तो महसुस भयो, उनले थने।

यहाँं ब्रम्हाकुमारी राजसेवा केन्द्र ध्यान केन्द्र बनाउन लागेको हो । यसको उदघाटन भई कामहरु धमाधम भइरहेका छन् । काम सम्पन्न गर्न अmभै धेरै समय लाग्ने ब्रमहकुमारी राजयोग सेवा केन्द्र भक्तपुर छालिंग शान्ति प्रतिष्ठान तथा बाल उद्यानका संचालक ब्रम्हकुमारी गुणराज लामिछानेले जानकारी गराए।

यस ठाउँमा आउने युवाहरुलाई प्रवेश निःशुल्क रहेको छ । सधैका लागि निःशुल्क हुने जनाइएको छ । यो ठाउँ शान्ति र मनोरञ्जनको लागि बनाइएको जनाइएको । यस ठूलो क्षेत्रफलमा यहाँं चारैतिर बार लगाएर ध्यान केन्द्र बनाउने, शिवलिंग, पशुपति मन्दिर, कृतिम झरना बनाउने काम सम्पन्न भएको छ ।

 

 

प्रकाशित: ७ श्रावण २०७५ ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App