१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

साउनमा, हरियो पोते मोह

हातमा हरियो र पहेलो रंग मिसाएर लगाइएका चुरा, निधारमा रातो टिका, गलामा हरियो पोते अनी पहेको र हरियो मिसीएको पोसाकमा सजिएकी थिइन अरुणा मालाकार।

पाटनकी अरुणा हरेक बर्षको साउन महिनामा शिव भगवानको ब्रर्त बस्ने गर्छिन । ‘यो सालको सोमबार पनि ब्रर्त बस्छु’ उनले भनीन् । गएको साउन महिनाको पहिलो र अन्तिम सोमबार उनी पशुपतीनाथको दर्शन गर्न गएको बताइन् । उनी भन्छिन्, ‘यसपालीको ब्रर्तमा प्रत्यक सोमबार पशुपती जाने बिचारमा छु, ब्रर्तको लागि सबै तयारी गरिसके।’

एक प्राइभेट संस्थामा कर्यरत अरुणा एक सरो पोते लगाउँछिन् । साउनको महिना भएकाले हरियो, पहेलो र रातो रंगको पोते लगाएको उनले बताइन् । उनी भन्छिन्,‘अफिस जानु पर्ने हुनाले सामान्य पोते नै लगाउछु, हलुका पोतेले काम गर्न अफ्ट्यारो हुदैन ।’ अरुणाले झुप्पा पोते पनि किनेर राखेकी छिन् । उनी भन्छिन्,‘चाडपर्व, भोज, विवाहमा एकछिन लगाउनलाई झुप्पा पोते किनेकी छु, सधै लगाउन सकिदैन बिशेष अवसरको दिनमा लगाउँछु ।’काठ्मान्डुका हरेक सिंगारका पसलहरु देखि इन्द्रचोक, असन, न्युरोड पोतेले झकिझकाउ पारिएको छ । साउनको महिना भएकाले हरिया, पहेंला र राता पोते लाई कलात्मक ढंगले मिलाएर झुण्डाइएको देख्न सकिन्छ । साउन महिना लागे संगै पोते पसलहरुमा महिलाहरुको घुइचो देख्न सकिन्छ।

रिता बोगटि १२ कक्षाको परिक्षा दिएर बसेकी बिद्यार्थी हुन् ।  इन्द्रचोेकको पोते पसलमा हरियो पोते रोज्दै थिइन् ।  साउनमा उनको ममीको जन्मदिन परेको हुदा ममीलाई उपहार दिन पोतेको छनोट गर्दै थिइन् । उनी भन्छिन्,‘ममीलाई जन्मदिनमा हरियो पोते उपहार दिउँ भनेको, पोतेको क्वालीटिमा क्न्फ्युज भए ।’ पसलका साहुजीले हेर्दा झलक्क टल्किने पोते त्यति गुणस्तरिय नहुने भनेपछि उनले पसलेको सल्लाह अनुसारको पोते किनिन् । हरियो पोते पहिलो पटक किन्न आएको उनले बताइन् । ‘ममीलाई सौभाग्यको समान दिएर, सप्र्राइज दिने मुडमा छु ।’ उनले हास्दै भनीन्।

हिन्दू धर्मका देउता महादेवलाई प्रकृतिमा निकै रमाउने भएकाले प्रकृती संगको सम्बन्धको लागि पनि साउनको महिनामा हरिया सौभाग्यका सामाग्रीहरुको प्रयोग गरिएको बताइन्छ  । अफिस होस् या घरमा, मठमन्दिरमा होस् या बाटोमा हरेक ठाँउमा हरिया पोते, चुरा र पैरन देख्न सकिन्छ ।  शुक्रबार इन्द्रचोकमा महिलाहरु पोते किन्नमा व्यस्त देखिन्थे । सरिता कार्की पोते रोज्नमा व्यस्थ थिइन् । बर्षमा एकपटक आउने साउन महिनामा उनी चेलीबेटीलाई उपहार दिने गर्छिन् । उनी भन्छिन्,‘हरेक बर्षमा आमा, भाउजु, देउरानी, नन्द सबैलाइ एक सरो सौभाग्यको समाग्री दिन्छु ।’ हरेक बर्ष इन्द्रचोकको पोते पसलमा आउने उनी बताउछिन् । अन्य समयमा भन्दा साउनको महिनामा उपहार दिदा बिशेष हुने उनी बताउछिन् ।

साना नानी देखि उमेरका पाका महिलासम्मको हात रातो मेहेन्दी र  हरियो चुराले हात सजिएको देख्न सक्छौ । बिबाहित महिलाका गलामा भने हरियो पोतेले झपक्क बलेको देख्न सकिन्छ । हिन्दु धर्मावलम्बी महिलाहरुले साउनको महिना पतीको दिर्घायुको लागि ब्रर्त बस्ने गरेको पाइन्छ।

अयुब अस्लम इन्द्रचोकमा पोतेको व्यापार गर्छन् । हरेक बर्षको साउन महिना देखि चाडबाड नसकिदा सम्म पोतेको राम्रो व्यापार हुने उनी बताउछन् । समय अनुसार पोतेको डिजाइनमा फरकपन आउने उनी बताउछन् । उनी भन्छन्,‘दैनिक जिवनमा प्रयोग गर्न, अफिसमा काम गर्ने महिलाले पातलो खालको एक सरो पोते बढी खोज्छन् ।’ साउनको महिनामा लगाउन झुप्पामा हरियो पोते धेरैको रोजाइमा रहेको उनी बताउछन् । ‘हेर्दा आकर्षक, हलुका, राम्रो र सस्तोमा एक सरो पोतेको पनि निकै राम्रो माग छ’ उनले भने।

 प्रायः गृहेणी महिलाहरुले झुप्पामा हरियो पोते लगाउन रुचाउने उनी बताउँछन् । कार्यलयका कामकाजी महिलाको रोजाइमा भने हलुका खालको, क्रिष्टलको पोते लगाउन रुचाउने उनी अनुभब सुनाउछन् ।  पोतेको मुल्य डिजाइन अनुसार फरक हुने उनी बताउँछन् । उनी भन्छन्,‘मेरोमा सामान्य १५ रुपैया देखि ३५ हजार रुपैयाँ सम्मको पोते छ, डिजाइन, मेटरियल अनुसार मुल्य फरक हुन्छ।’

पोतेको व्यापार साउन महिना र तिजको समयमा व्यापक हुने उनी बताउँछन् । उनी भन्छन्, ‘साउन महिनाको सुरुवात संगै हिन्दु धर्मवालम्बीहरुको चाडपर्वको सुरुवात हुन्छ, पोतेको व्यापार पनि राम्रो हुन्छ । ’ साउन महिनामा हरियो, पहेलो र रातो रंगका पोतेहरुको माग बढी हुने उनी बताउछन् । साउनको महिनामा विवाहित हरेक महिलाले गलामा हरिया पोते लगाउने उनी बताउछन्।

भनिन्छ, भगवान शिवलाई मन पर्ने महिना हो साउन । साउन महिनामा हिन्दुधर्मावलम्बी विवाहित महिलाहरु शिव भगवाको नाममा ब्रर्त बस्छन् । साउनको महिनालाई नेपाली हिन्दु धर्मावलम्बी महिलाहरुले बिशेष महिनाको रुपमा मनाउने गर्छन् । साउनभरि हिन्दु धर्मावलम्बी महिलाहरुले हरियो, पहेँलो, रातो रंगका पहिरन, चुरा, पोते, नेलपोलिस, मेहन्दी लगायतका सिंगारका बस्तुले आफुलाई सजाएको देख्न सकिन्छ ।  आफुले लगाउने मात्र नभई चेलीबेटी, संगीलाई उपहा।र स्वरुप दिने प्रचलन पनि निकै बढेको पाइन्छ । साउनको महिनामा शिव भगवानको उपासना गर्ने प्रचलन रहेको छ।

रियाज उद्दिनले इन्द्र चोकमा पोतेको व्यापार गर्न थालेको २० बर्ष भन्दा बढी भैसक्यो । रियाजले थरीथरी डिजाइनका पोते तयार पार्छन् । बनाएर राखेका देखि अर्डर अनुसारको पोते तयार पार्ने उनी बताउँछन् । बजारमा नौ गेडि र माहिली तिलहरीको माग धेरै रहेको उनी बताउछन् । उनी भन्छन्, ‘माहिली तिलरीको लागि हरियो पोते र नौ गेडिको लागि रातो पोतेको प्रयोग गर्ने फेसन चलेको छ ।’ साउनको महिनामा पोते उपहार स्वरुप दिने चल्ली निकै बढेको उनी अनुभव सुनाउछन् । क्रिष्टलका एक सरो, पाोतेको एक सरो मालाका आइटम उपहारको लागि बढी लैजाने उनी बताउँछन्।

झुप्पा पोते लगाउने चलन लोप भएको उनी अनुभब सुनाउछन् । उनी भन्छन्, ‘झुप्पाको पोते बिशेष चाडपर्व, कार्यक्रममा मात्र लगाएको पाइन्छ तर झुप्पा पोतेको ठाँउमा धेरै थरीका डिजाइनका पोते बजारमा आएको छ ।’ झुप्पा पोते लगाउने प्रचलन हराउदै गए पनि पोतेको व्यापारमा भने कमी नआएको उनी बताउछन् ।
पोतेलाई हिन्दु धर्म अनुसार विवाहमा नभैनहुने सौभाग्यको सामाग्रीको रुपमा प्रयोग गरिन्छ । पोते, विवाहित महिलाले अनीवार्य लगाउनु पर्ने प्रचलन बिस्तारै हराउदै गए सगै अनेक थरीका पोतेको डिजाइन बजारमा आएको पाइन्छ।

ग्वार्कोकी ममता आचार्य व्यापारी हुन् । साउनको महिना ममतालाई निकै मन पर्छ । उनी हरेक साउनको महिना ब्रर्त बस्ने गर्छिन् । हातमा हरियो र पहेंलो मिसाइएको चुरा, गलामा हरियो, पहेलो र रातो रंग मिसाएर बनाइएको  पोते लगाएकी उनी साउन महिना मन पर्ने बताउछिन् । उनी भन्छिन्,‘साउन महिना शिव भगवानको महिना हो, म शिवको भक्त पनि हु त्यसकारण साउन मलाई निकै मन पर्छ ।’ साउनको आगमन संगै चाडपर्वको आगमन हुने भएकाले रमाइलो महशुस गर्ने उनी बताउछिन् ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App