१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटकीय क्षेत्र लाङटाङको फोहोर काठमाडौंको मेयरलाई

एनएमएले लाङटाङबाट जम्मा गरेर बोरामा ल्याएको फोहोर । तस्बिर : नागरिक

काठमाडौं – पर्यटकीय क्षेत्रमा पर्यटक तथा पोटरले यात्राका क्रममा प्रयोग गरेर फालिएको पलास्ष्टिक, बोटल, क्यानहरु यत्रतत्र छरिएका हुन्छन्।

पर्यटक तथा गाइडले प्रयोग गरेर काम नलाग्ने फोहोर बेस क्याम तथा सम्बिन्धि क्षेत्रमा फर्काइन छ भनेर सम्बन्धित निकायमा पनि सम्झौता गरिएको हुन्छ । तर, पर्यटकले मात्रै नभएर गाइडले समेत फोहरको झोला बोकेर फर्किदैन । यस्ले गर्दा पर्यटकीय क्षेत्रमा फोहोरको थुप्रो थुप्रिने गरेका छन्।

नेपाल पर्वतारोहण संघले (एनएमए) राजधानीमा लाङटाबाट ल्याएको फोहोरको विषयमा पत्रकार सम्मेलन गर्दा माथिको प्रंसग उठेका थिए ।  पर्वतारोहण व्यवसायीले उक्त विषय उठाएका हुन् ।एनएमएले आइतबार लाङटाङ क्षेत्रमा सरसफाई गरेर ६५० केजि फोहोर राजधानी ल्याएको छ । अन्तराष्ट्रिय पर्यटकीय क्षेत्रको गञ्जला पास, याला पीक बेस क्याम्प, नयाँ काङ्गा बेस क्याम्पबाट उक्त फोहोर मैला जम्मा गरेर राजधानी ल्याएको अभियानका संयोजक पासाङ टेण्डी शेर्पाले जानकारी दिए।

पर्यटकीय तथा पर्वतीय पर्यटन पदमार्गमा पर्यटकले नै प्रयोग गरेका पलास्टिक, झोला, बोटल, सिसा मात्रै नभएर जैविक तथा अजैविक सामाज यत्र तत्र फालिएको शेर्पाले बताए ।शेर्पाका अनुसार ट्रेकिङ कम्पनीले फोहोर व्यवस्थापनका लागि ध्यान दिन सकेको छैन । गाईड तथा कम्पनीकै कम्जोरीका कारण पर्यटकीय क्षेत्रमा फोहोर मैला व्यवस्थापन हुन नसकेको उनको भनाई छ।

‘साँच्चिकै पर्यटकीय क्षेत्र वातावरणीय हिसावले प्रदुषण हुँदै छ । यस विषयमा स्थानीय निकाय, नेपाल पर्वतारोण संघ, सरकारले समन्वय गर्नु पर्छ,’ एनएमएका बोर्ड मेम्बर समेत रहेका शर्पाले भने,‘हामीले लाङटाङ क्षेत्रमा चेन एङकर फिक्सिङको माध्यमबाट फोहोर संकलन गरेका हौं । यसमा एनमएएले ४ लाख लगानी गरेको छ।’
लाङटाङबाट ल्याएको फोहोरको बोरा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई हस्तान्तरण गर्ने एनएमएका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए । गाउँ र शहरको फोहोर व्यवस्थापन नहुादा पर्यटकीय क्षेत्रमा प्रदुषण बढेका कारण मेयरलाई फोहोर हस्तान्तरण गर्ने अध्यक्ष लामाको भनाई छ।

‘एनएमएले विगतदेखिनै पर्यटनसँग वातावरण संरक्षणका लागि अभियान सञ्चालन गरिरहेको छ । अभियान चलाउदा चलाउँदै पनि हिमालय क्षेत्रको फोहोर सफा गर्ने प्रयास प्रयासमानै सिमित छ । अहिले विगतटको टिमले भन्दा फरक शैलीबाट पर्यटकका लागि सरसफाई अभियान चलाउँदैछौं,’ एनएमएका अध्यक्ष लामाले भने,‘अहिले थोरै लगानिमा लाङटाङ क्षेत्रबाट फोहोर काठमाडौं ल्याएकाछौं । यस विषयमा ‘रिसाइक्लिङ’ गर्न महानगरसँग समन्वय गर्नेछौं।’

एनएमएले संजिव गुरुङको नेतृत्वमा नेपालको पर्वतीय पदमार्गमा कठिन र जोखिम मानिने मकालु बेस क्याम हुँदै शेर्पिनीको पास (साउथ र नर्थ कोल पास), आम्फूलाप्चा  पासमा चेन एङकर फिक्स गरेको छ । उक्त क्षेत्रमा चेन एङकर फिक्स गर्नका लागि चार हप्ता लागेको एनएमएका महासचिव कुल बहादुर गुरुङले जानकारी दिए।अहिले एनएमएले लोल्वालिङ टाशी लापचा क्षेत्रमा चेन एङकर फिक्सिङका लागि अध्ययन गरिरहेको उनले बताए ।यस्तै, सिन्धुपाल्चोकको पाँचपोखरी र तिलमान पाससम्म पर्यटकका लागि दिशा निर्देश स्टीलको खम्बा सहितको चिन्ह राखिएको स्थानीय पर्यटन व्यवसायी तथा एमएमएका सदस्य सिंगी लामाले जानकारी दिए ।

 

प्रकाशित: ७ श्रावण २०७५ ००:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App