१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

डा. केसीको सत्याग्रह पक्षमा सडक कविता

रुपन्देही– 

प्रिय गोविन्द फरक छ तिमि र उनीहरुमा 

जती फरक हुन्छ सेवा र व्यापारमा, घृण र प्यारमा 

उनीहरु त ३ दिन पनि बस्न सक्दैनन रे भोकै 

तीन दिन भौकै बस्न प¥यो भने 

उनीहरुलाई चाहिन्छ रे प्रधानमन्त्रीको कुर्ची 

तर तिमि भने बर्षोदेखि छौं मृत्यू शैयामा 

तिमिलिमई चाहेको छ मा आम मान्छेको स्वास्थय अधिकार 

तिनलाई चाहिएको छ अस्पतालमा नमरेको व्यापार 

बुटवल ट्राफिकचौकमा उभिएर साहित्यकार गिरी श्रीसले यो कविता वाचन गरेपछि शुरु भयो, समाजवाद उन्मुख स्वास्थ्य शिक्षा नितिका लागि सडक कविता। डा. गोविन्द केसीको जीवन रक्षा गर्न र संसदमा प्रस्तुत चिकित्सा शिक्षा विधेयक फिर्ताको माग सहित बुटवलमा साहित्यकारले आईबार सडक कविता वाचन गरे। डा.केसीको सत्याग्रह गरिब आम नेपालीको पक्षमा भएको भन्दै कविता मार्फत वुटवलको सडकबाटै सरकारलाई खबरदारी गरेका हुन। 

हातमा लौरो टेकेर ट्राफिकचौकमा उभिएका ८४ बर्षिय साहित्यकार अजम्बरध्व खातीले पनि सकिनसकि डा. केसीको पक्षमा कविता वाचन गरेँ। 

यो सत्ताले किन बुझदैन 

किन यत्ति निष्ठुर छ गोविन्दको कुराहरु मान्दैन 

उनले आफूह उमेरले ८४ बर्षको पुगेको भन्दै गणतन्त्र आएको देशमा जनताको पक्षमा सत्याग्रह गर्नुपरेकोमा आफू अचम्ममा परेको बताए। ‘गणतन्त्रमा यस्तो हुन्थ्यो भने मलाई पूरानै सत्ता ठिक थियो‘ उनले कवितापछि भने। 

अन्यत्र राजनितिक शक्तिहरुले गोविन्दको पक्ष र विपक्षमा आवाज उठाइएको भन्दै बुटवलमा भने स्वतन्त्र रुपमा साहित्यकारहरुले गोविन्दले स्वास्थ्य शिक्षा नीति गरिब जनताको पक्षमा उठाएकाले समर्थन जनाएको बताए। कार्यक्रममा लेखक ऋषि आजादले शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गर्न माग गरे। उनले केसीले मेडिकल माफियाका विरुद्ध उभिएकाले केसीको जीवन बचाउने आन्दोलन शुरु भएको बताए। 

पाठक मञ्च बुटवल, बुटवल साहित्य परिषद र साहित्य संगम बुटवलको आयोजनामा गरिएको कार्यक्रममा डा. गोविन्द केसी आम नागरिकका लागि अनशन बसेको भन्दै बहुमतको सरकारले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाए।

बरिष्ठ साहित्यकार जंगबहादुर शाहले दुईतिहाइ मतको मातमा जनताको पक्षमा लागेका गोविन्द केसीलाई मार्न खाजेको आरोप लगाए। ‘गोविन्द केसीले आफ्नो लागि केहि मागेका छैनन ’उनले भने ‘सरकार किन सत्याग्रहलाई बुझदैन्।’ उनले डा. केसीको स्वास्थ्य घिटि घिटि अवस्थामा पुग्दा पनि सरकार संवेदनाविहिन भएको बताए। 

युवा कवि रामचन्द्र श्रेष्ठले डा. केसीको माग नेपाली जनताको पक्षमा रहेको बताउँदै समाजवाद ल्याउने बाटो वामपन्थीले नै भुलेको बताए। सडकको चोकमा उभिएका साहित्यकारहरुले डा. केसीको जीवन रक्षा गर, संसदमा प्रस्तुत चिकित्सा शिक्षा विधेयक फिर्ता गर, माथेमा आयोगको प्रतिवेदन लागू गर नारा लेखिएका ब्यानर छातिमा र टाउकोमा टाँसेका थिए। तुफान न्यौपानेले डा. केसीमाथि लगाइएका आरोप मिथ्या रहेको भन्दै संसदमा प्रस्तुत विधेयकले केही सीमित मेडिकल सञ्चालकलाई मात्रै फाइदा पु¥याउने बताए। सडक कवितामा साहित्यकारहरु सूर्यचन्द्र भटटराई, जयन्ती सरगम, रोहन पृथक, स्वतन्त्र नेपाल, शब्द शंकर, एपी सुमन कविता मार्फत वामपन्थी सरकार तानाशाहको रुपमा देखिएको टिप्पणी गरेका छन्। कविताअघि बुटवल पुष्पलाल पार्कदेखि ट्राफिकचौकसम्म -याली प्रदर्शन गरेका थिए। 

प्रकाशित: ६ श्रावण २०७५ १६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App