१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

त्रिभुवन विमानस्थलबाट एक करोड बढीको सुन बरामद, दुई भारतीय पक्राउ

काठमाडौं– एक करोड भन्दा बढीको सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ। 

शनिबार बैंककबाट थाई एयरको टीजी३१९ विमान चढेर काठमाडौं आएका भारतीय नागरिक इमरान र आरिफ अलिलाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गरी ८ थान सुनसहित विमानस्थलको आगमन क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनीहरुले मलद्वारभित्र लुकाएर उक्त परिमाणको सुन भन्सार छलेर लैजान खोजेका थिए।

त्रिभुवन विमानस्थलका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार शनिबार बरामद गरिएको सुनलाई नापतौल तथा मूल्यांकनका लागि विमानस्थलको भन्सार कार्यालय पठाइएको थियो। 

आइतबार भन्सार कार्यालयले मूल्यांकन गरी दिएको परिमाण अनुसार इमरानले ९९२ ग्राम सुन (३ थान) र आरिफले १ किलो ६७८ ग्राम (५ थान) गरी कुल २ किलो ६७० ग्राम सुन ल्याएको खुलेको छ। आइतबारको नेपाली बजारको मूल्य अनुसार सुन १ करोड ३० लाख २३० रुपैयाँको हुन आउँछ।

सुनसहित पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागि विमानस्थलको भन्सार कार्यालय गौचरमा पठाइएको प्रहरीले जनाएको छ। ३३ किलाे सुन तस्करी प्रकरणकाे अनुसन्धान स्थगित भएका बेला विमानस्थलबाट प्रहरीले सुन बरामद गरेकाे हाे।

प्रकाशित: ६ श्रावण २०७५ १३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App