नारायणगढ– मुग्लिन सडक खण्डमा सडक सुरक्षा उपकरण

आइतबार, ०६ साउन २०७५, १३ : ३१ नागरिक

चितवन – सडक सुरक्षाको उपकरण उत्पादन गर्ने चिनियाँ एक कम्पनीले नारायणगढ–मुग्लिन सडक खण्डको दुई ठाउँमा अत्याधुनिक सडक सुरक्षा उपकरण जडान गरेको छ। 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार चीनको सिचुवानमा रहेको च्याङ्डु जिकुवान हाइवे फ्यासिलिटी म्यानुफ्याक्चरिङ कम्पनी लिमिटेडले ५०० मिटर सडकको किनारमा निःशुल्क रुपमा केवल बेरियर सिस्टम जडान गरिदिएको हो। मुग्लिन नजिकै स्याउलीमा २०० मिटर र पाँच किलोमा ३०० मिटर केवल बेरियर सिस्टम जडान गरिएको हो। 

नेपालमा पहिलो पटक जडान गरिएको सो केवल विश्वका अन्य राष्ट्रहरुमा प्रयोग हुँदै आएको छ भने ३० टनसम्मको सवारी साधनलाई रोक्न सक्ने क्षमता भएकाले यो पद्धति उपयुक्त हुने उनले बताए। झण्डै ४० हजार डलरबराबरको काम चिनियाँ कम्पनीले निःशुल्क गरिदिएको हो। 

नेपालमा यस्ता सडकमा प्रयोग हुने स्टिलको पाताबाट गरिने डब्लुबिएम पद्धतिभन्दा आधा सस्तो हुने र मर्मत गर्न सहज हुने जानकारी दिँदै इञ्जिनियर खनालले नेपालमा हालसम्म डब्लु बिएम मेटल क्र्यास बेरियर र न्यू जर्सी क्र्यास बेरियर प्रयोग गर्ने गरिएको बताउनुभयो । ती बारले ठूलो क्षमताका सवारी साधनलाई धान्न नसक्ने भएकाले समय समयमा दुर्घटना हुने गरेका छन्। 

नारायणगढ–मुग्लिन सडक विस्तार अन्तिम चरणमा पुगेको र यतिबेला सडक सुरक्षाका काम भइरहेका छन्।    (रासस)







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad