१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अध्यक्ष वैद्यद्वारा डा केसीसँग भेट

काठमाडाैं- नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले आज शिक्षण अस्पताल पुगी डा गोविन्द केसीलाई भेटी उहाँको स्वास्थ्यबारे जानकारी लिएका छन्। 

अध्यक्ष वैद्यले डा केसीलाई भेटी उनको अभियानमा आफ्नो पार्टीको पूर्ण समर्थन र साथ रहेको बताएको डा केसीका सहयोगी विशद् दाहालले जानकारी दिए। साँझ अस्पताल पुगेका उनले डा केसीलाई आफ्नो स्वास्थ्यको ख्याल राख्नपनि आग्रह गरेकाे दाहालले बताए। 

चिकित्सा शिक्षा क्षेत्रको माग राखेर डा केसी १५ औँ पटकको २२ दिनको आमरण अनसनमा छन्। असार १६ मा जुम्लामा अनसन शुरु गरेका डा केसीलाई सरकारले गत बिहीबार काठमाडौं ल्याएपनि उहाँले कुनै पनि स्वास्थ्य परीक्षण गराउन र औषधि लिन अस्वीकार गर्दै आएका छन्। 

साधारण स्लाइन मात्र लिने बताएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र कुनैपनि समयमा अप्ठेरोमा पर्न सक्ने बताइएको छ। रासस

प्रकाशित: ५ श्रावण २०७५ १६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App