१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्छ : सुशीला कार्की

काठमाडौैं– पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले डा. गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्ने बताएकी छिन्। 

शनिबार बानेश्वरमा डा केसीको समर्थनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै कार्कीले यो सरकार असहिष्णु बनेको बताइन्। सरकारका नेतृत्वकर्ता माफियाको माकुरोका जालोमा फसिरहेको भन्दै यथासक्य चाँडो गोविद केसीको माग सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।

तत्कालन माग पूरा नभए देशमा आगो बल्ने उनको चेतावनी छ। कार्कीले इन्टरनेटमा शुल्क बढाएकोमा पनि आपत्ति जनाउँदै सच्याउन माग गरिन।

विश्लेषक खगेन्द्र संग्रौलाले देशमा माफियाको अन्त्य हुनुपर्ने बताए। सरकारले समाजवाद भनिरहेकाे भन्दै माफियाकाे पक्षमा उभिनु कस्ताे समाजवाद हाे भनी प्रश्न गरे।

प्रकाशित: ५ श्रावण २०७५ ०८:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App