१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एकै परिवारका चार जनाले सेतीमा हाम फाले, एकको उद्दार

फाइल फाेटाे

डोटी – डोटीमा आमा,  दुई छोरा र एक छोरी सहित चारजनाले नदीमा हामफालेका छन्। जसमध्ये तीनजना बेपत्ता भएका छन् भने, एकको उद्दार गरिएको छ।

आदर्श गाउँपालिका–४ की २८ वर्षिया धौलीदेवी बोहरा, उनकी १२ वर्षिया छोरी राधिका बोहरा, ८ वर्षिय छोरा सुरेन्द्र बोहरा र ६ वर्षिय छोरा सुनिल बोहराले सामुहिक रुपमा सेती नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उनीहरुले बैतडीको ढुङ्गाड र डोटीको तलारा जोड्ने झोलुङ्गे पुलभन्दा करिब १०० मिटर तलबाट सेती नदीमा हामफालेका हुन्। जसमध्ये सुरेन्द्रलाई सोही ठाउँमा माछा मारिरहेका आदर्श गाउँपालिका–५ का मानवहादुर बिकले उद्दार गरेर बचाएका छन्।

घटना साउन १ गते साँझ ६ बजेतिरको हो। घटनाबारे प्रहरीलाई शुक्रबारमात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। आदर्श गाउँपालिका–४ का वडाध्यक्ष नारायण पछेराले घटनाबारे जानकारी गराएपछि प्रहरीलाई थाहा भएको प्रहरी नायब उपरिक्षक लाल बहादुर धामीले बताए। उनले भने, ‘स्थानीयले पहिले आफै खोजेछन्। पछि स्थानीय अगुवा बसेर प्रहरीलाई खबर गर्नुपर्छ भनेपछि वडाध्यक्षले हामीलाई खबर गर्दा ढिलो भयो।’

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। अहिले बेपत्ता भएकी धौलीदेवीका श्रीमान बमहहादुर बोहरा, उद्धार गरिएका बालक सुरेन्द्र लगायत स्थानीयलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएको प्रहरी नायब उपरिक्षक धामीले जानकारी दिए।

प्रकाशित: ५ श्रावण २०७५ ०५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App