१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लैंगिक भेदभावबाट रहेन अछुतो

विश्वकप २०१८ धेरै कुराले यादगार रह्यो। सारा विश्वको आँखाको केन्द्रविन्दु हुँदै सकिएको यसपालिको विश्वकप सफल हुनुमा पर्दापछाडिका धेरै नायकहरूको भूमिका महत्वपूर्ण थियो। यो विश्वकप धेरै जनाहरूका लागि पहिलो भयो । खासगरी महिला सहभागिताको लागि उल्लेखनीय रहेको विश्वकप विवादमुक्त भने रहन सकेन।

इंग्ल्याण्डकी खेलकुद पत्रकार भिकी स्पार्कस र जमर्न कमेन्टेटेर क्लाउडिया नेमानले विश्वकपमा कमेन्ट्री गर्ने आफ्नो देशको पहिलो महिला कमेन्टेटर बनेर इतिहास रचे।

त्यस्तै हजारौँ इरानी महिलाहरू पहिलो पटक खेलकुद रंगशालामाभित्र पाइला टेकेर इतिहास बनाए । स्पेन र इरानबीचको म्याच हेर्न तेहरानको एउटा रंगशालामा छिरेर उनीहरूले नयाँ युगको थालनी गरे।

पहिलेको विश्वकपभन्दा महिला सहभागिता धेरै बढेको कुरा देखिए पनि भित्र–भित्र यौन उत्पीडन र लैंगिक भेदभावका घटनाहरूबाट विश्वकप मुक्त हुन सकेन।

पहिलेको विश्वकपभन्दा महिला सहभागिता धेरै बढेको कुरा देखिए पनि भित्र–भित्र यौन उत्पीडन र लैंगिक भेदभावका घटनाहरूबाट विश्वकप मुक्त हुन सकेन।

‘प्रायःजसो देशमा अझै पनि फुटबल पुरुषको मात्र खेल हो भन्ने सोच छ,’ भेदभावविरुद्ध काम गर्ने संस्था फेयर नेटवर्कले भनेको छ, ‘नेतृत्वदेखि लिएर कार्यक्रम प्रस्तुति, विज्ञापनका लाइनहरू, खेलकुद भइरहँदा ‘सुन्दर’ महिलाहरूमाथि बारम्बार खिँचिने क्लोज अप सटसम्म हुँदै रंगशालाभित्र भएका महिला शौचालय नै किन नहोस् । महिलाहरू केवल ‘वस्तु’का रूपमा प्रयोग गरिन्छ।’

क्यामेरामै जबरजस्ती चुम्बन
कोलम्बियन संवाददाता जुलियथ गोन्जालेज थेरान मस्कोबाट रिपोर्टिङ गर्दै थिइन् । अचानक एक पुरुष उनलाई समात्न आइपुगे, हात समाते र छातीमा हात राख्दै चुम्बन गरे र भागे।

त्यस्तै अर्को घटनामा ब्राजेलियन संवाददाता जुलियो गेमारेजलाई एक व्यक्तिले चुम्बन गर्दै भागे।

‘यो गलत हो । कुनै महिलालाई यसरी कहिल्यै अपमान नगर्नू । सम्मान गर्न सिक,’ उक्त मानिसतर्फ फर्केर हकार्दै उनले भनेको भिडियोमा देख्न सकिन्थ्यो।

यो पटक स्थलगत रिपोर्टिङमा होस् वा अफिसमै अरु थुप्रै महिला संवाददाता र पत्रकारहरूले यस्ता घटनाहरू भोग्नुपरेको कुरा बाहिर आयो।

‘खेलकुदको रमझममा यस्ता घटनाहरू रमाइलोको रूपमा हेर्ने गरिए पनि यसले पुरुष स्वभावमा जडित हेपाहा प्रवृत्ति देखाउँछ । पेशागतरूपमा आफ्नो जिम्मेवारी निभाइरहेका महिलाहरूमाथि यस्तो दुव्र्यवहार असह्य छ,’ पत्रकारहरूको संरक्षणमा काम गर्ने संस्थाका निर्देशक कर्ट्नी राड्सले भने।

स्पेनिस फुटबल पत्रकार जेमा सोलरलाई यस्ता यौन दुव्र्यवहारका घटना नौलौ लाग्दैनन् । ‘मलाई यो कुरा देख्दा एकदम दुःख लाग्छ,’ उनी भन्छिन्, ‘तर, म यसपाली खुसी यसकारणले छु कि यि घटनाहरूले मिडिया जगतमा राम्रो स्थान पाइरहेका छन् । पहिलेजस्तो यतिकै हराएर जाने सम्भावना मैले देखेको छैन।’

नारा लाउन दबाब
विश्वकप भइरहँदा सामाजिक सञ्जालमा केही यस्ता भिडियोहरू पनि भाइरल भए, जहाँ महिलाहरूलाई अस्लिल नाराहरू लाउन लगाइएको थियो । ब्राजिलियन पुरुषहरूको एउटा समूहले यस्तै भिडियोहरू खिँचेका थिए, जहाँ महिलाहरूलाई संवेदनशील अंगहरूको नाम उच्चारण गर्न लगाइन्थ्यो । एकपटक त एक्ली रसियन महिलालाई घेरेर पुर्तगाली भाषामा अस्लिल बोल्न लगाइयो।

फेयर नेटवर्ककी मरियाना लिनहान भन्छिन्, ‘यस्ता भेदभाव, संकुचित मानसिकता प्रदर्शन गर्ने घटनाहरू फुटबलमा झन् धेरै छ,’ उनी थप्छिन्, ‘यो एउटा खराब संकेत हो । जसले के इंगित गर्छ भने महिलाहरूलाई फुटबल जगतमा आफ्नो स्थान बनाउन अझै धेरै संघर्ष गर्नुपर्ने छ।’

गेटीको ‘हटेस्ट’ फ्यान
यो विश्वकपमा न्युज एजेन्सी गेटी विवादमा तानियो । ‘हटेस्ट फ्यान’ नामक शीर्षकमा उसले केही महिला दर्शकहरूको फोटो प्रकाशित ग-यो । ‘फुटबल एउटा सुन्दर खेल हो (हेर्नुस् केही ‘सेक्सिएट फ्यानहरू’ नामक क्यापस्नको समाचार यति धेरै विवादमा तानियो कि गेटीले त्यो पोस्ट नै हटाउनुप-यो।’

‘विश्वकपमा भन्नका लागि धेरै रोचक कथाहरू छन् । र, हामी आत्मालोचना गर्छौ यो पोस्ट त्योमध्यको थिएन,’ कडा आलोचनाबीच गेटीले माफी माग्दै भन्यो।

कमेन्टेटरहरूको आलोचना
भुतपूर्व चेल्सी र टोटेनमका डिफेन्डर जेसन कन्डीले एउटा कमेन्टले विवादित भए । फुटबलमा महिला कमेन्ट्रीबारे सोधिएपछि उनले महिलाभन्दा पुरुषकै कमेन्ट्री सुन्न रुचाउने भनेका थिए । महिला कमेन्टेटरहरूको आवाज र प्रस्तुति दुवै ‘चर्को’ हुने भएकोले पुरुष नै ठिक लाग्ने उनले भनेका थिए।

त्यस्तै ब्रिटेनका पत्रकार साइमन केलरले आगोमा घ्यू थप्दै भनेका थिए, ‘महिलाले फुटबलमा दिने विश्लेषण भनेको केटाकेटी पाराको हुन्छ ।’ महिलाहरू फुटबल विश्लेषण गर्न लायक छैनन् आशयमा कुरा गरेपछि उनी चर्के विवादमा परे।

विवादित विज्ञापन
फास्ट फुड चेन बर्गर किंगले त झनै ४७ हजार अमेरिकी डलर पुरुस्कारको घोषणा नै ग¥यो । त्यो पुरस्कारको विजेता त्यो हुने थियो, जो फुटबल खेलाडीबाट गर्भवती हुन सफल हुन्थ्यो । बर्गर किंगको रसियन विभागले गरेको यो घोषणाले सानोतिनो तरंग नै ल्याएको थियो । ‘फुटबल खेलाडीको जीनले रसियन फुटबलको भविष्य सबल हुनेछ’ उसको नारा थियो । तर, विवादमा परेपछि उसले आफ्नो पोस्ट हटायो।  

अर्जेन्टिनी फ्लर्ट
विश्वकप सुरु हुनुभन्दा एक महिनाअघि अर्जेन्टिनी फुटबल एसोसियसनले निकालेको ‘टिप्स’ सहितको ‘म्यानुअल’ त्यस्तै विवादमा प¥यो । कसरी रसियन महिलाहरूलाई जालमा पार्न सकिन्छ शीर्षकको लिस्ट बाहिर आएदेखि नै आलोचित भयो । उक्त लिस्ट रसिया जाने खेलाडी, पत्रकार, दर्शक, अफिसियल सबैलाई हस्तान्तरण गरिएको थियो र बाहिर लेखिएको थियो ‘कसरी रसियन केटीहरूको मन जित्ने’ । रसियनहरूको मन जित्न ‘राम्रो ड्रेस लाउने, सफा देखिने र बासनादार हुने’ सुझाव थिए । रसियन महिलाहरू ‘पैसा र तामझाममा मात्र फस्ने’ भएकाले अलि सजग हुन पनि सिकाइएको थियो।

पछि एएफएले एउटा विज्ञप्ति निकाल्दै माफी माग्यो र भन्यो– ‘त्यो केवल एउटा प्रिन्ट मिस्टेक थियो।’

अल्जाजीरा अनलाइनबाट भावानुवाद

प्रकाशित: ५ श्रावण २०७५ ०३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App