१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

पर्यटन प्रवर्द्धनकालागि जापानमा अन्तरक्रिया कार्यक्रम हुने

जापान - नेपाल सरकारको पर्यटन भ्रमण वर्ष २०२० लार्इ सफल बनाउन टोकियोमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिने भएको छ। पर्यटनको  क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको  संस्था नेपाल जापान  पर्यटन अनुसन्धान केन्द्र  को प्रमुख आयोजना  तथा सुदुरपश्चिम समाज  जापान, राप्ती समाज, पर्वतसमाज र युथ  फर अल को  सह आयोजना मा  “नेपालको पर्यटन  प्रवर्द्धनमा विदेशमा बस्ने  नेपालीहरुको भूमिका : सन्दर्भ  नेपाल भर्मण वर्ष  २०२०” विषयक एक दिवसीय विचार गोष्ठी  तथा कार्यपत्र प्रस्तुतिकरण  को आयोजना गर्ने  भएको हो।

टोकियोको इचिगया  स्टेसन नजिक रहेको  जाइकाको अन्तर्राष्ट्रिय हलमा  अगस्त ५ अर्थात श्रावन २० गते कार्यक्रमको आयोजना गरिने अायाेजकले जानकारी दिएकाे छ । विषेशगरी  नेपालमा जापानिज पर्यटकहरु हरेक बर्ष  घट्दै गइरहेको परिप्रेक्ष्य मा आयोजना हुन लागेको यस कार्यक्रमले नेपाल  पर्यटन बोर्ड  लाई जापानमा नेपालको पर्यटनबजार  प्रबर्दन गर्न भावी  रणनीति बनाउन  सहयोग पुग्ने आशा  गरिएको छ।

कार्यक्रममा भएका  छलफल र अन्तरक्रियाको निष्कर्ष  नेपाल पर्यटन  बोर्डलाई बुझाइने  कार्यक्रमका संयोजक  विष्णु खनालले  नागरिकन्युजलाई बताए। उक्त  कार्यक्रम पर्यटन  वोर्डको सहयोगमा  नेपाल भ्रमण वर्ष २०२० को  लागी जापानमा पर्यटन  प्रवर्द्धनको  रणनीति  बनाउनको लागि  गर्न लागिएको कुरा आयोजक हरुले  बताएका छन्। यसअघि  नेपालजापान पर्यटन  अनुसन्धान केन्द्रका  सदस्य बिशेश्वर रेग्मी  को संयोजकत्वमा जापानिज भाषामा बनाईएको नेपाल भ्रमण वर्ष  २०२० को लोगो  नेपाल पर्यटन बोर्ड ले सार्वजनिक गरिसकेको  छ। कार्यक्रम दिनको  ठिक १ बजे  बाट सुरु  हुने अायाेजकले जानकारी दिएकाे छ ।

 

प्रकाशित: ४ श्रावण २०७५ १०:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App