धरान उपमहानर प्रमुख सुब्बाको दाहसंस्कार शनिबार

शुक्रबार, ०४ साउन २०७५, १३ : ०५ नागरिक

इटहरी - सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको भोलि शनिबार शव यात्रापछि मात्र अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिने कार्यक्रम तय भएको उपमहानगरपालिकाले जानकारी दिएको छ।

काठमाडाैंको ग्राण्डी अस्पतालमा गत साउन १ गते निधन भएको प्रमुख सुब्बाको पार्थिव शरीर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी विभागमा राखिएको छ।उनको पार्थिव शरीर भोलि ११.३० बजेपछि नगरवासीको सामूहिक श्रद्धाञ्जलिका लागि धरान १२ को पब्लिक माविको खेल मैदानमा ल्याइने कार्यक्रम पनि तय गरिएको छ ।

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेका अनुसार धरानवासीले अन्तिम दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीर पब्विलको खेल मैदानमा राखिने तथा त्यसपछि धरान उपमहानगरको मुख्य मुख्य स्थानमा शव यात्रासहित धरान १८ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहद्वारा संरक्षित वन क्षेत्रमा जातीय परम्परा अनुसार उनको अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कार गर्ने कार्यक्रम तय भएको छ।

उनको अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कारका लागि सरकारका तर्फबाट उप–प्रधानमन्त्री ईश्वर पोख्रेलसहित अन्य नेताकोसमेत सहभागिता रहने तथा उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कार हुने उपप्रमुख मञ्जु भण्डारीले जानकारी दिइन्। स्व प्रमुख सुब्बा लामो समयदखि मधुमेह रोगबाट पीडित थिए। भने पछिल्लो समयमा प्रमुखमा निर्वाचित भएपछि कामको अधिक चापले उनको स्वास्थ्यमा प्रतिकूल प्रभाव बढेको उनका निकटवर्तीले जानकारी दिएका छन्।  अधिक धपेडिकै कारणले उनको शरीरमा रोगको संङ्क्रमणको चाप थपिएको बताइएको छ।

उनको निधनपछि अब धरान उपमहानगरपालिकाको प्रमुख पद प्रमुख विहीन बन्न पुगेको छ। त्यसैगरी धरानको– ७ का निर्वाचित वडा अध्यक्ष भुवन मोक्तानको पनि निधनपछि उक्त वडामा पनि वडा अध्यक्ष पद रिक्त बन्न पुगेको छ ।प्रदेश एक अन्तर्गत धरान उपमहानगरपालिकाको प्रमुख र वडा अध्यक्षको निधनपछि ती पद खाली बन्न पुगेका छन्, भने संखुवासभा जिल्लाको मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालको पनि गत पुसमा खोलामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो।

(क्षमा याचना : यस अगाडि असावधानीवस यस समाचारमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व. तारा सुब्बाको तस्बिर हुनुपर्नेमा भिन्न तस्बिर पर्न गएको हुँदा हामी क्षमा याचना गर्दछौं।)








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad