१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधानबाटै समस्याको समाधान खोजौंः पूर्व राष्ट्रपति यादव

काठमाडौं– पूर्व राष्ट्रपति रामवरण यादवले संविधानभित्रबाट नै मुलुकको समस्या समाधान गर्न प्रमुख राजनीतिक दलहरुलाई आग्रह् गरेका छन्। बिपी कोइरालाको १०२औं जन्म जयन्तीको अवसरमा शुक्रबार बिपी विचार राष्ट्रिय समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादवले सबैलाई समेटेर संविधान कार्यान्वयनमा जुट्न दलहरुलाई आग्रह गरेका हुन्।

संविधान कार्यान्वयले मात्र लामो संघर्ष र तयसबाट प्राप्त उपलब्धीहरु संस्थागत हुने जनाउँदै सरकारभित्र वा बाहिर रहेका सबै दल एक ठाउँमा बसेर मुलुकको समस्या समाधान गर्नुपर्ने औंल्याए। ‘सरकारभित्र वा बाहिर को को छन् मलाई मतलव छैन,’ उनले भने, ‘देश सफल र जोगिनु प¥यो, त्यसका लागि सबै शक्तिहरु एक ठाउँमा उभिनुपर्छ।’

संविधान पूर्णरूपले कार्यान्वयन भएको दिन देश सफल हुने जनाउँदै यादवले राजनीतिक दलहरुलाई मुलुक र मुलुकबासीको स्वार्थमा केन्द्रित भए अघि बढ्न पनि आग्रह गरे। ‘१७ महिनाभित्र तीन तहको निर्वाचन सम्पन्न गर्नु पर्नेछ,’ उनले भने, ‘संविधानको राजमार्गबाट सबै समस्या समाधान निकाल्नुहोस्। कहिंकतै खाल्टाखुल्टी भए टाल्दै ग्रावेल गर्दैअघि बढ्नुपर्छ।’

यही संविधान र संसद्बाट अघि बढे नेपाल पनि छिमेकमा लोकतान्त्रिक अभ्यास गर्दै आएका देशहरुले जस्तै प्रगतिको बाटोमा अघि बढ्ने उनले बताए। बिपी कोइरालाको मेलमिलापको नीति अहिले पनि सान्र्दभिक रहेको उनले बताए।

यादवले समाजको दोस्रो महाधिवेशनको पनि उद्घाटन गरेका छन्। सोमबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने छ।  

प्रकाशित: २४ भाद्र २०७३ १४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App