coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘मै जस्तो भैरे’

बिहीबार भएको पत्रकार भेटघाटमा तस्बिर खिचाउँदै बायाँबाट क्रमशः सुरक्षा पन्त, बुद्धि तामाङ, वर्षा शिवाकोटी र दयाहाङ राई।

काठमाडौं – सहायक कलाकारका रुपमा फिल्मी करियर सुरु गरेका नायक दयाहाङ राईले प्रमुख भूमिकामा अभिनय गर्दासम्म विभिन्न चरित्र निर्वाह गरिसकेका छन्।

फिल्म ‘लुट’ मा ‘गोफ्ले’ चरित्रबाट चम्किएका दयाहाङ महंगो र व्यस्त अभिनेता हुन्।दयाहाङ अभिनित फिल्म ‘भैरे’ शुक्रबारबाट हलमा प्रदर्शन हुँदैछ । उनी फिल्म ‘भैरे’लाई आफ्नै टाइपको फिल्म भन्न रुचाउँछन् ।

फिल्म रिलिजको पूर्वसन्ध्यामा बिहीबार पत्रकारमाझ दयाहाङले फिल्मले आफूलाई नयाँ परिचय दिने दाबी गरे । ‘फिल्म सामाजिक कथामा बनेको छ । तर यसमा मेरो चरित्र मै जस्तो छ,’ उनले भने, ‘मैले फिल्ममा काम गर्दाताको समयको जस्तै संघर्ष मैले फिल्ममा गरेको छु । किनकि फिल्म हेर्दा मैरै कथा भनेको हो कि जस्तो अनुभूति हुन्छ।’

निर्देशक सूर्य बोहोराले पहिलादेखि नै बनिरहेको फिल्मको अवधारणामा आफ्नो फिल्म बनेको जनाए । ‘हाम्रो फिल्म विशुद्ध नेपाली कथामा बनेको हो,’ बोहोराले भने, ‘मैले बनाएका अघिल्ला फिल्मभन्दा यो फिल्म विषय बस्तुदेखि लोकेसनका हिसाबले पृथक छ ।’ फिल्म ‘भैरे’ मुस्ताङ र अपरमुस्ताङमा खिचिएको थियो।

कार्यक्रममा फिल्मका कलाकार बुद्धि तामाङ, अनुभव रेग्मी, वर्षा शिवाकोटी, सुरक्षा पन्तलगायतले मुस्ताङको चिसो मौसममा निकै सकसपूर्ण वातावरणमा सुटिङ गरेको अनुभव सुनाएका थिए ।प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता रहेको फिल्ममा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, सिन्धु पौडेल र कुमार बस्नेत सहनिर्माता छन् । नेपालय सिनेमा इन्टरनेसनलको ब्यानरमा निर्मित फिल्ममा लेखबहादुर पुन कार्यकारी निर्माता छन् ।

फिल्ममा विक्रान्त बस्नेत, सुनिल थापा, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्हवी बोहोरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा बनिष शाहको सम्पादन, यम बराल र बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन र सूर्य थोकरको द्वन्द्व छ ।
 

प्रकाशित: ४ श्रावण २०७५ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App