१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रधानमन्त्री दाहाललाई कर्णालीबाट चामल नासो

जुम्ला- प्रधानमन्त्री पुष्पकमल दाहाललाई कर्णालीका युवाले चामल नासो पठाएका छन्। कर्णालीका पाँच वटै जिल्लावाट प्रधानमन्त्री र मन्त्रिपरिषदको कार्यालयमा २५/२५ केजी चामल पठाएका हुन्। प्रधानमन्त्री भएपछि पहिलो पटक सांसदमा संवोधन गर्दा कर्णालीलाई अपहेलना गरेको भन्दै उनीहरुले कर्णालीको चामल प्रधानमन्त्री र मन्त्रिपरिषदको कार्यालयलाई पठाएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली क्षेत्रका बासिन्दालाई जन्म र मृत्यु संस्कार गर्न प्रति व्यक्ति २० केजी चामल निशुल्क उपलव्ध गराउने अभिव्यक्ति प्रति कर्णालीवासी आक्रोशित भएका हुन्। कर्णालीका पाँचवटै जिल्लामा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध भईरहेको छ। 

 उनले कर्णालीमा जन्मनासाथ र मृत्यु हुनासाथ २० किलो चामल दिने घोषणा गरेका थिए। यसअघि दाहाल दोस्रोपटक प्रधानमन्त्री भएलगत्तै बसेको मन्त्रिपरिषदको पहिलो बैठकले कर्णाली क्षेत्र र देशभरका दलितहरुको शिशुको जन्मदर्ता समयमै गर्नेलाई एक हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो। कर्णालीका स्थानीय तेज वहादुर खत्रीले राज्यले जन्मनासाथ पोषणहिन चामल दिएर कुपोषित वनाउने योजना दिन लागेको प्रति असन्तुष्टी व्यक्त गर्दै कर्णालीवासीले आयु मागेको बताए । उनले भने 'कर्णालीवासी उपचार अभावमा अकाल मृत्युरोक्न स्वास्थ सेवा माग्छौ,तर राज्य छिटो मार्नका लागि २० किलो चामल दिन्छु भन्छ कस्तो विडम्वना।'

प्रकाशित: २४ भाद्र २०७३ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App