१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडाैंमा कहाँ राखिँदैछ डा. केसीलाई ?

काठमाडौं– नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौैं ल्याइँदै गरेका डा. गोविन्द केसीको थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालको आइसियुमा राखिने भएको छ। तर उनलाई कहाँ राख्ने भन्ने विषयमा सरकारले कुनै आधिकारिक जानकारी दिएको छैन्। 

शिक्षण अस्पताल स्रोतका अनुसार अहिले त्यहाको आइसियु कक्ष तयारी अवस्थामा राखिएको छ। चिकित्सकहरू पनि तयारी अवस्थामा राखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डा.केसीलाई लिनका लागि एम्बुलेन्ससहित चिकित्सकको एक टोली तयारी अवस्थामा राखिएको छ।

स्रोतका अनुसार नेपाली सेनाको भैरव गणमा पनि चिकित्सकको एक टोली तयारी अवस्थामा राखिएको छ।  

प्रकाशित: ३ श्रावण २०७५ १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App