१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आपसी सहयोग र थप सम्बन्ध विस्तार गर्न जापान तयार

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच बिहीबार सिंहदरबारमा भेट वार्ता भएको छ। 

सो अवसरमा मन्त्री बाँस्कोटाले दुई देशको आपसी र सुमधुर सम्बन्ध सन्तोषजनक रहेको बताउँदै संघीय नेपालको केन्द्र, प्रदेश र स्थानीय तहमा सूचना र सञ्चार प्रविधिको व्यवस्थापनका लागि सहयोग गर्न जापान सरकारलाई आग्रह गरे।

उनले रेडियो नेपालको केन्द्रीय स्टुडियो बने जस्तै अन्य सञ्चार कार्यालयमा भूकम्प प्रतिरोधी भवन बनाउन सहयोग गर्न आग्रह गरेका थिए। 

राजदूत साइगोले दुई देशबीच दौत्य सम्बन्ध कायम भएको सन् २०१६ मै ६० वर्ष पुगेको सन्दर्भमा आपसी सहयोग र थप सम्बन्ध विस्तारका लागि जापान तयार रहेको बताए।

प्रकाशित: ३ श्रावण २०७५ ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App