१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

निर्वाचनमा प्रत्यक्ष भूमिका रहने छैन : पाकिस्तानी सेना

फाइल तस्बिर : एजेन्सी

इस्लामावाद - पाकिस्तानको राष्ट्रिय सेनाले राष्ट्रव्यापी रूपमा आगामी जुलाई २५ मा हुन गइरहेको संसदीय निर्वाचनमा आफ्नो कुनै ‘प्रत्यक्ष भूमिका’ नरहने जनाएको छ।

पाकिस्तानी सेनाका प्रवक्ताले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै यस्ताे बताएकाे हाे । उनले आगामी निर्वाचनमा सेनाले निर्वाचनका लागि आवश्यक सुरक्षा दिने बाहेकको कुनै भूमिका नरहने बताएका छन्। ।

पाकिस्तानको आमनिर्वाचनको परिणामलाई प्रभाव पार्न सेनाले सञ्चारमाध्यम र सत्ताधारी दलमाथि दवाब सिर्जना गरेको भनी आएका आरोपहरू प्रति लक्षित गरी हालै आएका समाचारहरूप्रति सेनाले यस्ताे धारणा राखेकाे हाे ।

निर्वाचनका लागि तीन लाख ७० हजार सेना खट्ने र त्यसमा सेनाको कुनै स्वार्थ नरहने पाकिस्तानी सेनाका मेजर जनरल असिफ घाफुरले बताएका हुन्।

उनले राजनीतिक प्रक्रियामा सेनाको संलग्नता अस्वीकार गर्दै भने, “सेना र यसको गुप्तचर निकाय नै राजनीतिक उद्देश्यका लागि काम गर्नेछैन, हाम्रो काम सरकारले आह्वान गरेको निर्वाचनलाई निष्पक्ष र निर्वाध रुपमा सञ्चालन गराउन सहयोग गर्नु हो।”

पाकिस्तानको निर्वाचन आयोगले पनि निष्पक्ष निर्वाचन गराउने काममा यहाँको राष्ट्रिय सेनालाई सहयोगीको रूपमा विश्वास गरेको बताएको छ । निर्वाचन सफल बनाउन निर्वाचन आयोगले पनि सेनालाई नै जिम्मेवारी तोकेको छ ।

पाकिस्तानको सेनाले आगामी निर्वाचनको विषयलाई लिएर यहाँका सञ्चारमाध्यम र सत्ताधारी दलमाथि दवाब सिर्जना गर्न खोजेको भनी आरोप लागेकोमा त्यसको जवाफस्वरुप प्रवक्ताको यो भनाइ आएको हो।

पाकिस्तानमा शक्तिशाली मानिने सेनाले आरोपको खण्डन गर्दै करिब तीन लाख ७० हजार सेना निर्वाचनमा खट्ने र  त्यसमा आफ्नो कुनै स्वार्थ नरहेकाे पाकिस्तानी सेनाका मेजर जनरल असिफ घाफुरले बताए ।

प्रकाशित: ३ श्रावण २०७५ ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App