१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आफैं हतियार बनाउनेदेखि प्रदेशमा अस्पताल चलाउनेसम्म

काठमाडौ - रक्षा मन्त्रालयले वर्ष दिनभित्रै आफै हतियार बनाउने, प्रदेशमा अस्पताल चलाउनेलगायतका महत्वाकांक्षी कार्यक्रम ल्याएको छ।

रक्षाले आर्थिक वर्ष २०७५-७६ सम्म सातवटै प्रदेशमा अस्पताल निर्माण गर्ने, आफैं साना हतियार उत्पादन गर्ने, आपतकालीन स्थितिमा पेट्रोल, ग्यास डिजेललगायतका वस्तुको अभाव हुन नदिन द्रूतदर आपूर्ति व्यवस्था गर्नेलगायतका कार्यक्रम ल्याएको छ । यसैगरी हेटाैडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारी पनि सेनाको छ ।

रक्षा मन्त्रालयले तयार गरेको नीति तथा कार्यक्रममा सेनाले महत्वाकांक्षी कार्यक्रम बनाएको छ । ती कार्यक्रम रक्षाले प्रधानमन्त्री केपी ओलीलाई बुदाँगतरूपमा प्रस्तुत गरेको छ भने ओलीले ती कार्यक्रम कार्यान्वयन गर्न निर्देशन पनि दिएका छन्।

रक्षाले बनाएको नीति तथा कार्यक्रममा सातवटै प्रदेशमा एकएकवटा सैनिक अस्पताल निर्माण गरी ती अस्पतालमा सैनिक तथा गैर सैनिकलाई सहज र सुलभ स्वास्थ्य उपचार गराउने योजना बनाई कार्यान्वयन गर्न सुरू गरिने जनाइएको छ ।

यसैगरी स्वदेशमा नेसनल डिफेन्स युनिभर्सिटी (राष्ट्रिय सुरक्षा विश्वविद्यालय) तथा नेसनल डिफेन्सक कलेज (राष्ट्रिय सुरक्षा विद्यालय) स्थापना गर्ने जनाएको छ । सो विषयमा आगामी वर्षभित्र सम्भाव्यता अध्ययन पूरा गर्ने प्रतिबद्धता रक्षाले गरेको छ । नेपाल नेसनल डिफेन्स युनिभर्सिटी स्थापना गर्ने योजना नेपाली सेनाले करिब एक वर्षअघि नै तयार गरेको थियो । करिब एक वर्षअघि नेपाली सेनाले तत्कालीन रक्षा मन्त्रीसँग नेपालमा सुरक्षा विश्वविद्यालय गठन गर्न माग राखेको थियो।

रक्षाले बनाएको नीति तथा कार्यक्रममा सातवटै प्रदेशमा एकएकवटा सैनिक अस्पताल निर्माण गरी ती अस्पतालमा सैनिक तथा गैर सैनिकलाई सहज र सुलभ स्वास्थ्य उपचार गराउने योजना बनाई कार्यान्वयन गर्न सुरू गरिने जनाइएको छ ।

यसैगरी लामो समयदेखि बन्द रहेको हेटाैडा कपडा उद्योगलाई नेपाली सेनाको लागि आवस्यक कपडा उत्पादन गर्न पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको रक्षाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जनाइएको छ । कपडा उद्योगलाई पुनः तयारीमा ल्याउन सम्भाव्यता अध्यन भइरहेको रक्षाको कार्यक्रममा जनाइएको छ ।

पाँचखालमा रहेको वीरेन्द्र शान्तिकार्य तालिमलाई भौतिक तथा अन्य साधनस्रोत सम्पन्न बनाई अन्तराष्ट्रियस्तरको सैनिक प्रशिक्षण केन्द्र बनाउने योजना अघि सारेको छ । यसैगरी रक्षाले नेपालमै सात दशमलव दुई एमएमका स्मल आर्मस् (साना हतियार) उत्दादनका लागि मेसीन खरिद गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ । साथै डबल बेस प्रोपल्याण्ट प्रोडक्टस ल्पान्ट मेसीन खरिद (विस्फोटक पदार्थ उत्पादन गर्ने मेसीन ) योजना तयार भई प्रक्रिया सुरु भएको रक्षाले जनाएको छ । नेपाली सेनाले हाल मकवानपुरमा रहेको इमल्सन प्लानमा काम गरिरहेको छ ।

यसैगरी रक्षाले तयार गरेको नीति तथा कार्यक्रममा पुराना हतियारलाई प्रतिस्थापना गरी नयाँ हतियार खरिद गर्ने नीति बनाएको छ । जसको लागि रक्षाले दुई अर्ब ४१ करोड रूपैयाँ लाग्ने रक्षाको भनाइ छ । विपद् व्यवस्थापनतर्फ नेपाली सेनालाई दिइएको ३ अर्बको वजेटमध्ये १७ करोड रूपैयाँमा विपद् व्यवस्थापनका सामग्री खरिद भएको र २ अर्ब ४३ करोड रूपैयाँ बराबरको ३ वटा हवाइसाधन (मिडियम हेलिकप्टर १, लाइट हेलिकप्टर २)खरिद सम्झौता भई प्राप्त हुने क्रममा रहेको सेनाले जनाएको छ ।

नेपाली सेनाले हाल काठमाडौं–तराइ द्रूतमार्ग, कालीगण्डकी कोरिडोर सडक, जाजरकोट–डोल्पा सडक, बेनीघाट–आरुघाट लार्के भज्याङ सडक निर्माण, राष्ट्रपति चुरे संरक्षणलगायतका कार्यक्रम सञ्चालन गरेको छ । सेनाले सञ्चालन गरेका कार्यक्रममा कुनै समस्या देखिएमा उत्पन्न समस्याको तत्काल समाधान गर्न तत्काल समस्या सामधान केन्द्र स्थापना गर्ने सेनाले बनाएको छ । काठमाडौं–तराई दू्रतमार्ग निर्माणको अनुगमन गर्न रक्षामन्त्रीको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने निर्णय रक्षाले जनाएको छ ।

रक्षाले तयार गरेको नीति तथा कार्यक्रममा बंकरदेखि ब्यारेकसम्मको कार्यक्रम ल्याइएको छ । यसका लागि लागि १ अर्ब ७६ करोड रूपैयाँ छुट्टटाइएको रक्षाले तयार गरेको नीति तथा कार्यक्रममा जनाइएको छ ।

यसैगरी रक्षाले रक्षा मन्त्रालयको भवन निर्माण गर्ने, राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको पुनःसंचरना र सुदृढीकरण गर्ने योजना अघि सारेको छ । यसैगरी प्रतिरक्षा नीतिको तर्जुमा र स्वीकृति गर्ने, राष्ट्रिय सुरक्षा नीतिको परिमार्जन गर्नेलगयातका कार्यक्रम ल्याइएको छ । पाँच वर्षभित्र काठमाडौं–निजगढ दू्रतमार्ग, मध्यपाहाडी लोकमार्ग र हुलाकी राजमार्गको सबै निर्माण काम सम्पन्न गर्ने प्रतिबद्धता रक्षाले तयार गरेको नीति तथा कार्यक्रमा छ ।

 

प्रकाशित: ३ श्रावण २०७५ ००:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App