१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विराटनगर जुटमिलमा तालाबन्दी

विराटनगर- विराटनगर जुट मिलमा कार्यरत १० कर्मचारी निष्कासनको विरोधमा आज कर्मचारीले प्रशासनमा तालाबन्दी गरेका छन्।  बन्द अवस्थामा रहेको सो जुट मिलबाट १० जना कर्मचारीलाई निष्कासन गरिएपछि विरोध स्वरुप उनीहरुले तालाबन्दी गरेका हुन्। 

जुट मिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनले करारमा कार्यरत २४ जनामध्ये यही साउन १ गतेदेखि १० को करार अवधि सकिएकाले निष्कासन गरिएको बताए। उनका अनुसार बन्द रहेको जुटमिलमा कर्मचारीको आवश्यकता नहुने भएकाले करार अवधि सकिएपछि केहीलाई कामबाट हटाइएको हो। 

निष्कासनमा परेका कर्मचारीले भने जुट मिलका अध्यक्ष वन नै अवैध भएको र सञ्चालक समितिको निर्णयबिनै आफूहरुलाई गैरकानूनी तरिकाले निष्कासन गरेकाले मान्य नहुने बताएका छन्। रासस

प्रकाशित: २ श्रावण २०७५ १६:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App